राष्ट्रघाती सम्झौता एमसिसी विरूद्ध कालिकोटमा पुतला दहन

माघ २८, कालिकोट । विप्लव नेतृत्वको नेकपाकाे सहायक संगठन युवा संगठन नेपाल कालिकोटले राष्ट्रघाती सम्झौता एमसीसीका विरूद्व कालिकोटमा प्रधानमन्त्री लगायतका नेताको पुतला दहन गरेको छ ।

राष्ट्रघाती सम्झौता एमसिसी संसदबाट पास गरेर राष्ट्रियतालाई नै धरापमा पार्न खाेजेकाे भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी ओली, बाबुराम भट्टराई र एमसिसी परियोजना उपाध्यक्ष फतिमा सुमारको पुतला दहन गरेको हाे ।

राष्ट्रघाती एमसीसी सम्झौता र यसका पक्षधरहरुले जबर्जस्ती राष्ट्रघाति सम्झौता एमसिसी परियोजना नेपालमा लागु गरेर देशलाई अफगानिस्तान बनाउन खाेजेकाे भन्दै यिनी दलालहरूको पुत्ला दहन गरेको युवा संगठन नेपालका केन्द्रीय सदस्य कल्पना मल्लले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस