चैत्र २८, कालिकाेट । कालिकोटकाे रास्कोट नगरपालिका कर्मचारी बिहिन वनेको छ ।
सरकारले कर्मचारीलाई समायोजन रोज्न आग्रह गरेपछि त्यहाँ रहेका सबै कर्मचारीले रास्कोट भन्दा वाहिरका स्थानिय तह र संघमा समायोजन रोजेका कारणले नगरपालिका कर्मचारी बिहिन वनेको हो । प्रमुख प्रशासकिय अधिकृत र लेखापालले संघ रोजेका कारण दुवै जनाले रमाना वुझेर नगर छोडेपछि आर्थिक कारोवार पुर्ण रुपमा प्रभावित भएको छ ।
आर्थिक वर्ष नजिक आएका वेला योजनाको भुक्तानी देखि कर्मचारीको तलव भत्ता, सामाजिक सुरक्षा भत्ता, पाठ्यपुस्तक लगाएतको भुक्तानी पुर्णरुपमा रोकिएका छन । दिनहु योजनाको पैसा भुक्तानीका लागि उपभोक्ता नगरमा घुइँचो लागेपनि खाता सञ्चालन सम्म गर्ने कर्मचारी नभएकाले सबैको भुक्तानी रोकिएको भन्ने खवर पाएको उपभोक्ता समितिका एक जना अध्यक्ष लिलराज खड्काले वताउनुभयो ।
दिनहु उपभोक्ताहरु आउछन, जान्छन, लेखापाल एक जना आएपनि प्रमुख प्रशासकिय अधिकृत संघ र प्रदेश सरकारले नपठाउदा भुक्तानी प्रक्रिया पुर्णरुपमा प्रभावित भएको नगर प्रमुख कासिचन्द्र वरालले वताउनुभयो । उहाँले त्यहा रहेका एक जना पशु बिकास बिभागका अधिकृतलाई निमित्त दिएर खाता सञ्चालन गर्न खोजेपनि उहाँले आर्थिक जिम्मेवारी लिन नमान्दा निकै कठिन अवस्था आईलागेको वताउनुभयो ।
यस भन्दा अगाडी प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी समाल्नु भएका कृष्णप्रसाद अधिकारी संघमा सरुवा भएकाले यो समस्या आएको नगर प्रमुख वरालको भनाई छ । लेखापाल ज्ञानवहादुर ओली पनि कर्मचारी समायोजनमा संघमा परेकाले उहाँले वुजवुजारथ गरेर एक महिना अगाडी नगरवाट रमना लिएर गइसक्नु भएको छ । उहाँको ठाउमा एक जना लेखापाल आएपनि सुयुक्त खाता खोल्न प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी समाल्ने मान्छे नभएकाले निकै ठुलो समस्या आएको नगरपालिकाको भनाई छ ।
नगरका ९ वटा वडामा एक जना पनि सचिव छैनन । साविकका गाउबिकास समितिमा काम गर्ने सलेपालाई अहिले वडा सचिवको जिम्मेवारी दिएर काम चलाईरहेको वडा नं २ का अध्यक्ष दयाराम सिम्खाडाले वताउनुभयो । पहिला गाबिसमा काम गरेका देखि सस्थामा काम गरिरहेकालाई नगर सभाले निर्णय गरेर पञ्जीकाधिकारीको जिम्मेवारी दिनु परेको अध्यक्ष सिम्खाडाले वताउनुभयो ।