इतिहास लेख्ने निर्माता
म कसरी व्याख्या गरुँ
आज म तिम्रो बारेमा
“आमा“ भन्दा माथि
ठुलो कुनै जाति देखिन
मेरो दृष्टिकोणमा
लेखिएको छैन
त्यो शब्दकोषमा
त्यसैले आमा तिमी
जीवन र जगतको
सृष्टिकर्ता हौ ।
छाडिदिनुस् ती
वीर पुरुषका कुरा
इतिहास पल्टाउदा
तिम्रो काखबाट
पल्टाउने गरिन्छ
“आमा“तिमी महावीर हौ
महावीर आमाप्रति
रातो सलाम छ !
पिडा पिएर जिउने
तिम्रो जिन्दगानी प्रति
रातो सलाम छ “आमा“
जन्माउदा स्वास दियौं
मृत्यु हुदा नाम दियौं
स्वास र नाम बिचको
यात्रा गर्ने जीबन दियौ
त्यही जीबनका लागि
सबथोक दियौं
“आमा“ तिम्रो
त्याग र उपकारप्रति
रातो सलाम छ ! !
“आमा“ तिमी
जिन्दगीको
संरक्षणकर्ता हौ
जब मानवीय
इतिहास रहन्छ
तबसम्म तिम्रो माया,
ममता,स्नेहको
प्राप्ति हुनेछ
त्यसैले आमा तिम्रो
गौरवप्रति रातो सलाम छ
आमाप्रति रातो सलाम छ ! ! !
प्रतिक्रिया दिनुहोस