जेठ २८, कालिकोट । कालिकोट जिल्लाको पचालझरना गाउपालिका वडा नम्बर ८ को सार्वजनिक सुनुवाइ तथा सुझाव संकलन कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
पचालझरना गाउपालिका वडा ८ ले आर्थिक वर्ष २०७५/०७६ मा वडाले गरेका काम कार्वाहिलाई जनताको माझमा पुर्याउनका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।
नागरिकले सूचना पाउने अधिकार भएकाले सूचनाको हक सम्बन्धिको ऐन २०६४ र नियमावलि २०६५ ले ब्यवस्था गरे अनुसार प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाई गर्दै आईरहेको छ ।
वडामा रहेका जनतालाई वडाले प्रवाह गरेका सेवा सुवधालाई जनताको माझमा पुर्याउन दास्रो पटक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
पचालझरना गाउपालिकाका अध्यक्ष खड्गराज सेजुवाल उपाध्यक्ष तारा न्यौपाने वडा नम्बर ८ का वडा अध्यक्ष डम्बरे कामि मुख्य जवाफदेहि बक्ताका रूपमा रहनु भएको थियो भने सूचना अधिकार नरिमाने सेजुवाल, स्वास्थ्य संयोजक चन्द्रेश्वर शाह, लगायतका जवाफदेहि बक्ता रहनु भएको थियो ।
सार्वजनिक सुनुवाईमा गुनासो राख्दै स्थानिय नागरिकले बालबालिकाले पोषण भत्ता नपाएकोमा आत्रोस ब्यक्त गरेका छन् । उहाहरूले वडा र बिषयगत शाखाबाट प्रदान गरिने सेवामा जनता सन्तुष्टि नभएको बताएका छन् ।
सार्वजनिक सुनुवाईमा प्रश्न राख्दै पचालझरना गाउपालिकाका स्थानीय टेकबहादुर बोगटीले नागरिक गाउपालिमाको सेवाबाट सन्तुष्ट नभएको बताउनुभयो ।
उहाले कर्णाली रोजगारमा भएको अनियमिततालाई छानबिन गर्न नसक्दा अन्य सेवामा जनता बिश्वस्त हुन नसक्ने बताउनुभयो ।
यता गाउपालिकाका अध्यक्ष खड्गराज सेजुवालले अब सबै काम सम्पन्न हुदै जाने बताउनुभयो । उहाले बालबालिकाले नपाएको पोषण रकम असार मसान्तमा कहिलेदेखि पाएनन् त्यो समयदेखि उपलब्ध गराउने प्रतिवद्वता गर्नु भयो ।
उहाले प्रत्येक टोलटोलमा सडक संजाल जोडिने छ । तत्कालका लागि क्षतिपूर्ति गाउपालिकाले दिन नसक्ने भएकाले जग्गा दान गर्न आग्रह गर्नु भयो ।