संसदवादी हुन लालहित सुदर्शन कसरी होलान विप्लव भन्दा क्रान्तिकारी ? तथ्य सहित


२८ जेठ,सुर्खेत । तत्कालीन नेकपा माओवादीका नेता हेमन्त प्रकाश ओली (सुदर्शन ) संसदवादी हुन र संसदमा छिर्न कति लालहित हुनुहुन्थ्यो भन्ने कुरा एउटा तथ्य वाहिरीएको छ ।

उहाँले अहिले संसदीय चुनाव प्रयोगको पार्टीले लिएको नीति विरुद्ध गएर पार्टी फुटाए पनि स्वय उहाँ नै पहिला संसदवादी भएको पुष्टि भएको छ ।
सुदर्शनले आफै सगरमाथा टेलिभिजनमा दिएको अन्तरवार्तामा प्रचण्डसंग हुदा सांसद र मन्त्रीकोलागि वेला वेला आग्रह गर्दा पनि आफुलाई निशेष गरिएको गुनासो गर्नु भएको छ ।

उहाँले भन्नु भएको छ “ मैले पनि सभाषद मन्त्री हुन पाउनु पर्छ भन्ने राइट हो की होइन ? त्यो पार्टीमा अरु सवैलाई वनाए मैले । सवैलाई वनाई सकेपछि मेरो अनुभूति के भयो ? भने मेरो यतिका छोरा छोरी भए कमरेड ! कहि हल हुन्छ की ? कहि कतै जागीर हुन्छ कि ? भन्दाखेरी यत्तिका छोरा छोरी किन जन्माउनु र ! भन्ने जवाफ पाएको छु । हुेर्नु यो अनुभूति हुन्छ कि हुदैन ? भावना त्यहाँ हुन्छ कि हुदैन ।”

नेता सुदर्शनको पनि आफ्नै समस्या थियो । घरमा एउटा वुढी हुदा हुदै पनि पार्टीमै छोरी सरह उमेरको ंसंचारमर्की अम्वीका चन्दसंग पार्टी अनुशासन विपरित दोस्रो विवाह गर्नु भयो । जसले प्रचण्डको पार्टीमा रहदा कार्वाही भयो र काम गर्न पनि गार्हो नै भयो ।

सुदर्शनले आफ्नो दोस्रो विवाह गर्नुृ वाध्यता भएको भन्नु भएको छ । तर संसदवादमा छिर्नुृ भने उहाँका लागि वाध्यता नभएर परिवार पाल्ने आवश्यकता हुदै थियो ।

सुदर्शनले फेरी भन्नु भयो “ मैले चाहि राज्यसत्तामा गएर एउटा अनूभव गर्छु । राज्यत्ता वुझछु, कर्मचारी व्युरो क्रेयसीहरुले मन्त्री भएकै लाई भाउ दिन्छ नि त हैन । सभाषद भएकैलाई दिन्छ नि त । पार्टीको नेताको त केही मतलव हुदैन । त्यो हिसावले पनि राज्यसत्ता वुझन खोजे र कसरी ? वदल्न सकिन्छ भनेर सोचे । मलाई निशेधित गरियो ।”

नेता सुदर्शन यसरी प्रचण्डको पार्टीमा हुदा संसदवादको आहालमा डुवुल्की मार्न चाहेको कुरा उहाँकै भनाईवाट पुष्टि भएका छन । तर उहाँले डुवुल्की मार्ने अवसर नपाएपनि मात्र प्रचण्डवाट वाहिरीएर न्युक्लियस पार्टी गठन गर्नु भएको र पछि विप्लवको नेतृत्वको पार्टीमा अस्तित्व रक्षाको लागि आएको धेरैको वुझाईछ ।

नेता सुदर्शनको भनाईमा संसदवादको आहलमा डुव्न उहाँले धेरै नै प्रयास गर्नु भएको रहैछ । तर मात्र नसक्नु भएको रहेछ । उहाँ आफै भन्नु हुन्छ “ तीन वटा क्षेत्रवाट म उठन खोजेको थिए । झापा २,रुकुम २,र दाङ ३ वाट थियो । दाङ ३ वाट स्वीकृत पनि भयो । तर पोष्ट वहादुरको जुवाई र जर्नाधन शर्माको वहिनी त्यहाँ सजिलो ठाउँमा लड्नु पर्ने भएकाले उहाँहरुले आफ्नो मान्छे अगाडि ल्याउनु भयो । मलाई चाहि फ्याक्दिनु भयो ।

उहाँले फेरी पनि आफु माथि समानुपातिक वाट भएपनि सभाषदमा लिने कुरा हुदा हुदै त्यहा पनि निश्चित नगरिएको र १ करोड ६० लाख रुपैया अनन्तले खाएर आफ्नो नाम हटाएको खुलासा गर्नु भयो ।

उहाँले भन्नु भयो “ समानुपातिकमा ल्याउदाखेरीमा पनि १ करोड ६० लाख रुपैया घुस खाएर अनन्त जीले कम्युटरमा वसेर नामै हटाउई दिनु भयो । त्यहि वस्ने साथीहरुले भनेका छन् मलाई । यो सवै मलाई चाहि कसरी विस्थापित गर्ने भन्ने थियो । पूजीवादी पार्र्टीमा हावी भएपछि कसरी क्रान्तिकारीलाई सिध्याउदा रहेछन भन्ने राम्रो संग थाहा भयो ।”

सुदर्शनका यी कुराले उहाँले पहिले नै संसदवादी भएर विप्लवको पाटीमा आएको भन्नेहरु पनि छन । तर पनि उहाँले आफुलाई रुपामान्तरण गरि आगाडि जानु पर्छ । नेकपाका महासचिव विप्लववाट पार्टी फुटाएर छुट्टै क्रान्ति गर्छौ भन्ने कुरा हावादारी कुरा मात्र हो उनकै समर्थकहरुको भनाई छ ।

यदि क्रान्ति गर्नुृ छ भने सवै क्रान्तिारीहरु एक हुनु पर्ने जनताको माग छ । संसदीय व्यवस्थामा सुरुको संविधान सभाको चुनावमा समेत कैलालीवाट सभासद उठनु होस, भन्दा म उठदैन अरु नेताहरु उठ्छन भन्ने नेता विप्लवलाई संसदवादी भन्नु गलत हुने जनताको वुझाई छ । वेला वेला प्रचण्डका गृहमन्त्री देख विभिन्न मन्त्री सांसदका अफरलाई परित्याग गरि क्रान्तिको नेतृत्व गरिरहेको लिडरलाई एउटा चुनाव प्रयोगको कार्यनीतिलाई आधार मानि संसदवादी भन्न मिल्छ र ?

विप्लवले नेतृत्व गरेको नेकपावाट फुटेर नेकपा वहुमत नाम दिएका र क्रान्ति गर्छौ भन्ने साथीहरुले गम्भीर रुपमा वुझन सक्नु पर्छ । पुरानै पार्टीमा फर्किनु नै क्रान्तिकारीको हित हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस