२८, जेष्ठ, कालिकोट । कालिकोटमा फेरि जीप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ ।
शनिबार १२:३० बजेतिर जिल्लाको शुभकालिका गाँउपालिका वडा नम्बर ६ चिसापानी स्थित बेहुली पान्तडी सडकखण्डमा चौकी बजारदेखी हाउडी तर्फ जाँदै गरेको लु १ च ८४९८ नम्बरको बोलेरो जीप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको हाे ।
जीप करिब सडकबाट १ सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमूख डिएसपी जयश्वर रिमालले जानकारी दिनु भयो ।
उहाँका अनुसार दुर्घटनामा मृत्यु हुनेहरुमा शुभकालिका गाँउपालिका २ भर्ताका गाडी चालक बर्ष ३० का हर्के कामी, शुभकालिका गाँउपालिका वडा नंं ८ का ३१ बर्षका रामबहादुर शाही र दैलेखकाे नौमुले घर भएका २५ बर्षिया गोपाल सलामी मगर रहेका छन् ।
जीप के कति कारणले दुर्घटना भयो भन्ने बिषयमा खलेको छैन् । दुर्घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कालिकोटबाट प्रहरी निरिक्षक यक्षराज जोसीको नेतृत्वमा टोली घटनास्थल खटाईएको छ ।