हिन्दुहरुको महान चाड दशै तिहार घर आगनमा आएको छ । धार्मिक तथा परम्परागत रुपमा यसलाई नेपालीहरुले गौरबको पर्बको रुपमा लिईन्छन । स्वदेश तथा विदेशमा बस्ने आफन्तहरु लामो समयपछि घरभेटघाटमा आउने गर्दछन । बर्षभरीको सुख दुख विसाउने चलन छ । दशैको समयमा मान्यजनहरुबाट टिका थापी आर्शिवाद लिने, क्षमता अनुसारको दान दक्षिणा दिने,मिठोे मसिनो परिकार बनाएर खाने, केटाकेटी तथा युवा युवतीहरुले पिङ्ग खेल्ने र रमाउने लगायतका विभिन्न क्रियाकलापहरु गरिन्छन । तिहारमा विशेषगरी दिदि वहिनीहरुले आफ्ना दाजुभाईहरुलाई टिका लगाउने र दाजु भाइहरुले क्षमताअनुसार दिदि वहिनीलाई दान दक्षिणा दिने चलन छ । दशै र तिहार हिन्दु धर्मालम्वी मात्र होईन आम नेपालीहको लािग ठुलो चाडको रुपमा स्वीकार गरिन्छ । यी पर्वमा घरमा हुने खाने बर्गले ठुलो खर्च गर्ने चलन छ । हुदाखाने बर्गले पनि ऋण सापटी गरेरै भएपनि एक छाक मिठो मसिनो खाएर दशैतिहार रमाईलो गरी मनाउने चलन छ ।
यस्तो बेला नेपालमा दसै तिहारको पूर्वसध्यामा गत असोज १२ गते काठमाडौं लगायतका आसपासका जिल्लाहरुमा ठुलो विपद् आईलाग्यो । यो विपदमा नेपाल सरकारले पूर्वसूचना पाउदा पाउदै पनि विपद्वाट बँच्न पूर्व तयारी गर्न सकेन । पूर्व तयारी नहुदा विपद्मा परी ठुलो धनजनको क्षति भयो । सरकारले उद्धारको काम पनि शिघ्र गर्न सकेन । आखिर सरकार दशै तिहारको मुखमा आएको विपद् व्यवस्थापन गर्न किन सफल भयो त ? यो सरकारले के ठुलो पानी पर्दैछ भन्ने पूर्व सूचना पाएको थिएन त ? सरकार सबैको अभिभावक हो । तर किन यो सरकारले अभिभावकत्व निर्वाह गर्न सकेन त ? यी प्रश्न निकै महत्वका छन ।
दशै तिहारको पूर्वसन्ध्यामा आएको बाढी पहिरोको विपद सामान्य थिएन । यो भयङकर थियो । एकहप्ता अघिनै मौषम तथा पूर्वानुमान महाशाखाले ठुलो पानी पर्दैछ भनेर सूचना सार्वजनिक गरेको पनि थियो । सरकारले चाहेको भए एक हप्ताभित्र विपद्वाट बँच्ने थुपै सर्तकताहरु अपनाउन सकिन्थ्यो । उद्धारमा खटिनेहरुलाई लाईफ ज्याकेट,लगायतका आधारभूत साधन श्रोतपनि सरकारले उपलव्ध गराउन सक्थ्यो । तर गरेन । मान्छे विपद्मा परेर गुहार मागिरहेको समयमा पनि समयमा उद्धार हुन नसक्दा ज्यान गुमाउनु पर्यो । राजधानीका काठमाडौ,ललितपुर र भक्तपुर जिल्लाका साथै आसपासका जिल्लाहरुमा आएको ठुलो बाढी र पहिरोले एकै दिनमा करिब अढाई सय बढीको ज्यान लियो । दर्जनौ वेपत्ता छन । दर्जनौ घाईते छन । सरकार समयमै चनाखो भएको भए कम्तिमा कम भन्दा कम मानवीय क्षति हुने थियो कि प्रश्न उठेको छ । हुनत सरकारले नै ठुलो पानी गर्ने कुरा रोक्न सक्दैन थियो होला, पानी परिसकेपछि पनि बाढी पहिरोलाई पनि सकारले रोक्न सक्ने कुरा थिएन । तर सरकारले गर्न सक्नेजति काम पनि गरेन । विपद् सुरु भएपछि सरकार हतपत गर्न थाल्यो । यो कुरा धेरै ढिलो थियो । के सरकारको विपद्मा प्रयोग गरिने ज्याकेट सम्म किन्न नसक्ने अवस्था थियो ? के विपद्वाट जोगिन चाहिने साधन श्रोत जुटाउन कुनै वाधा व्यवधान थियो ? यहाँ यतिसम्म भयो कि सामान्य मन्त्रिपरिषदको वैठक बोलाएर आवश्यक योजना बनाउन पनि सरकार चुक्यो । सरकार तथ कार्यावाहक प्रधानमन्त्री प्रकाशमान सिंह विपदको बेला यति कमजोर किन ? यो प्रश्न सर्वत्र उठेको छ । कांग्रेस एमाले भित्रैवाट आलोचना भएको छ । के यो सरकार जनताप्रति कुनै उत्तरदायी छैन ? मानवीय क्षति कम गर्न र विपद्पछिको उद्धार र राहतका काममा लाग्ने दायित्व सबैभन्दा बढी राज्यको होईन ? किन यो पनि भईरहेको छैन ? सरकारले सुरक्षा निकाय तथा विपद् व्यवस्थाका लागि कुनैपनि निकायलाई आवश्यक निर्देशन समयमा दिन सकेन । जसका कारण ठुलो मानवीय क्षति भयो भन्ने गुनासो आयो ।
आज मुखमा नेपालीहरुको महान चाड दशै तिहार छ । यो बेला नेपालीहरु शोकमा पर्नु परेको छ । दशै नभएर नेपालीहरुको दशा लागेको छ । सयौका घरवार विहिन भए । सयौ परिवार सखाप भयो । यस्तो बेला दशै तिहार केको लागि ? यो खल्लो दशै तिहारको कुनै अर्थ छ र ! प्रधामन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका थिए । उनले उतैवाट पनि आवश्यक निर्देशन दिनसक्थ्ये नेपालमा विपद तर उनी अमेरिकामा व्यस्त थिए । उनी असाज १४ गते मात्र नेपाल पुगे । तर पनि राहत र उद्धारको काम सोचे जस्तो केही भएन । वास्तवमा यो समस्या कहाँ हो ? भन्ने वारे हामी सबैले गम्भीर भएर बुझनै पर्छ । यो समस्या वर्गको हो र दलाल पुँजीवादी चेतनाको हो ? पुँजीपतिवर्गले कहिल्यै पनि जनताको लागि सोच्ने र चिन्ता गर्ने गर्दैन । आज सत्तामा दलाल तथा पुँजीपतिवर्गको रजगज छ । यो वर्गले आफ्नो लागि जेपनि गर्न तयार हुन्छ तर जनतको लागि केही गर्न पनि तयार हुदैन । जसका कारण नेपालमा हरेक वर्ष हुने विपद्मा पीडितहरुले राहत पाउदैनन् । राहत हुने खाने लुटेरावर्गले कागजात मिलाएर खाने गर्छन । यो हामीले २०७२ सालको भूकम्पको बेलापनि भोग्यौ । आज पनि भोगिरहेका छौ र भोलि पनि भोग्नु पर्छ । गतवर्षको बाढी, जाजरकोट भूकम्प,लगायतका विपद्का घटनाहरुमा सरकारले कहिल्यैपनि जनतालाई मनखोलेर राहत दिएको देखिदैन । उनीहरुको पूनस्र्थापना गर्नमा सरकार चुकेको छ । घरवास बन्ने राहत मनखोलेर दिएको छैन । अलि– अलि कनिका छराई गरेको छ ।
घरवारै बगाएका आफन्तसवै गुमाएका पीडितहरु परिवारहरुलाई २५ हजार, बढीको ५० हजार राहत दिएर सरकारले झारा टार्ने काम गर्दै आएको छ । यो भनेको सरकार पूर्ण सफल बन्नु हो । सरकारको उदासीनता हो । श्रमजीवीवर्गप्रतिको घात हो । जनताप्रतिको ठगी हो । त्यसो भएर यदि नेपालमा दिर्घाकालिन रुपमा विपद् व्यवस्थापन गर्ने हो भने सबैभन्दा पहिला सरकार जनताको हुनुपर्छ । विपद्बाट जोगिने साधन श्रोतहरु प्रयाप्त मात्रमा सम्भावित विपद् आउन सक्ने ठाउँका जनतालाई समेत दिनु पर्छ । जनताप्रति यसरी जिम्मेवार सरकार हुनुपर्छ । त्यसो हुन नसक्ने सरकारले र राज्य सञ्चालकहरुले विपद् व्यवस्थापन गर्न सक्दैनन् भन्ने कुरा पटक –पटकका व्यवहारहरुले देखाईसकेको छ । अझै पनि पीडित जनताको झिनो आसा यो सरकारसंग छ । उदासीन भएको सरकारले केही गरोहोस् । विपद व्यवस्थापनमा उदासीनता होईन सक्रियता देखाहोस् ।