नेपालमा यस्तो विचित्र हुदै छ । कुर्सी पाउन जे पनि गर्ने ! कुर्सीका लागि देश र जनता विर्सिने प्रवृति बढदो छ । देश र जनतालाई दाउमा राख्ने काम हुदैछ । नेपालमा वामशक्तिहरु बिच एउटा नयाँ सहकार्यको राजनीति सुरु भएको मानिएको थियो । जब डेढ बर्ष अघि एमाले र माओवादी बिचको गठबन्धनले । तर आज एकाएक एमाले र कांग्रेस बिच राता –रात गठबन्धन भएपछि फेरी नेपाली राजनीतिमा कुर्सी मोहका लागि जे पनि गर्ने प्रवृतिको पृष्टि भएको छ । नेकपा एमालेका अध्क्षय केपी शर्मा ओली एकदिन अघिसम्म प्रधानमन्त्री प्रचण्डलाई भेटेर यहि गठबन्ध हो यसैलाई निरन्तरता दिने हो भन्छन । तर त्यही राति कांग्रेस सभापति शेरबहादुर देउवासंग भेटर गोप्य ७ बुँदे सहमति गरी गठबन्धन परिवर्तनको अनैतिक कू–कर्म गर्छन । यो नेपाली राजनीतिमा एउटा कू–र्मनै हो । यसले नैतिकता र इमान्दारीतामाथि प्रश्न चिन्ह खडा गरेको छ ।
हुन त, नेपालको राजनीतिमा यो पहिलो घटना भने होइन । विगतमा प्रचण्डले पनि कुर्सीका लागि कहिले एमाले, कहिले कांग्रेससंग गठबन्ध गरे । २०७९ को चुनाब कांग्रेससंग गठबन्धन गरेर लडे भने चुनावपछि एमालेसंग मिलेर सरकार बनाए । यो पनि अस्थिरताको राजनीति थियो । यो नेपालको राजनीतिमा कुर्सी मोह नै हो । यसले पनि नेपाली राजनीतिलाई गलत दिशातिर लिने बाटो खोल्यो । आखिर नेपालको विगतको इतिहासलाई हेर्दा पनि बेला –बेला कुर्सी मोह देखिएका छन । कुर्सीका लागि जनतामाथि ठुल –ठुला दमन भए । जनयुद्धमा हजारौ नागरिक कत्लेआम भए । कुर्सीले जनताको दया माया नदेख्दो रहेछ । कुर्सीका लागि जनतामाथि ठुल –ठुला अपराधहरु हुदा रहेछन । नेताहरुका लागि कुर्सी किन यति प्यारो भएछ ? यो नेपालको राजनीतिमा महत्वपूर्ण प्रश्न हो ।
कुर्सी भनेको शक्ति हो । प्रधानमन्त्रीको कुर्सी शक्तिको हतियार हो । यो मित्रलाई पनि हान्छ । शत्रुलाई पनि हान्छ । यो अपराधी पनि जोगाउछ । यो अपराधी पनि पक्राउ गर्छ । तर यसको प्रयोग गर्ने व्यक्तिमा भरपर्छ । यो शक्ति देश र जनताका लागि प्रयोग गर्ने सके सबैलाई लाभ हुन्छ । तर व्यक्तिगत स्वार्थमा प्रयोग गरे व्यक्तिहरुलाई लाभ हुन्छ । त्यतिमात्र होईन, यो कुर्सीबाट ठुल –ठुला भ्रष्टाचारका काण्डहरु सजिलै लुकाउन पनि सहयोग पुग्छ । आज नेपालमा देश र जनताको लागि कुर्सीको प्रयोग भएको छैन । भ्रष्टहरु जोगाउन, अपराधीहरु बचाउन, र देशलाई विदेशीहरुको हातमा दिन र विदेशीहरुको स्वार्थमा प्रयोग गर्न कुर्सीको प्रयोग भईरहेको अनुभूति जनताको छ । यसले नेपालको राजनीतिप्रति जनताको वितृष्ण बढदै छ । नेपालका नेताहरुले किन सोच्दैनन ? देश र जनताको हितमा किन काम गर्दैन ? विदेशीहरुलाई किन खुसी पार्दैछन ? यी प्रश्नहरुको उत्तर नेपाली जनताले चाहेका छन ।
नेपाली जनताले धेरै पटक धोका खाए । २००७ साल देखिको जनताको परिवर्तनको चाहना अझै पुरा भएन । ०२८ सालको झापा विद्रोह, ०३६ सालको जनमतसंग्रहको विद्रोह, ०४६ सालको पहिलो जनआन्दोलन, ०५२ सालको जनयुद्ध र ०६२÷६३ सालको दोस्रो जनआन्दोलनमा ठुलो जनताको बलिदान भयो । हजारौं जनताका छोरा छोरीको रगत बग्यो । यसको सपना नेपाललाई सुन्दर,समृद्धि र आत्मनिर्भर बनाउने थियो । स्वाधीन बनाउने थियो । जनताको दैनिकी आवश्यकताहरु परिपूर्तिको लागि समस्या नहोस् भन्ने थियो । शिक्षा,स्वास्थ्य,रोजगार,गासँ,वास र कपासको समस्या नहोस् भन्ने थियो । जनताले त्यस्तो राज्यसत्ताको परिकल्पना गरेका थिए । सबै जिम्मा राज्यले लिनुपर्छ । देशको श्रम हामी देशमै खर्चिन तयार छौ । फलस्वरुप आज त्यस्तो भएन । जति सत्ता परिवर्तन भएपनि जनताको जीवनस्तरमा कुनै परिवर्तन भएन । यो विडम्वना हो ।
नेपालको सत्ता बेला –बेला परिवर्तन भएपनि नियति परिवर्तन भएन । ०६२÷६३ पछि राजतन्त्र हटेर गणतन्त्र आयो । यो व्यवस्थामा केही आसा थियो । तर आसा पुरा भएन । दलाल पुँजीपति वर्गको हातमा गणतन्त्र गयो । राजनीति क्रान्ति अझै अधुरै भयो । यसले पूर्णता पाउन सकेन । जसले गर्दा जनता पानी विनाको माछा छन । नेता कुर्सीका लागि लडिरहेका छन । नेतामा कुनै नैतिकता र इमान्दारीता छैन । जनताप्रति जिम्मेवार छैनन् । देशप्रति जिम्मेवारी छैनन् । मात्र कुसी ! कुर्सी ! ए नेताहरु हो ! तपाईहरु मर्नेबेला पनि किन कुर्सी मोह देखाउदै हुनुहुन्छ ? लाज छैन । कुनै इज्जत छैन ।
संविधानले समाजवादउन्मुख भन्छ । समाजवादमा देश सबै मिलेर लिने योजना र सहमति अहिलेको आवश्यकता हो । देशलाई थप समृद्धि पार्ने योजना चाहिएको छ । सधै अस्थिर ! सधै सरकार परिवर्तनको खेलमा किन लाग्दैछौ ? यो कुराप्रति गम्भीर बन । संविधान संशोधनका कुरा पनि अहिले कांग्रेस एमालेले गरिरहेको अवस्था छ । यो कस्तो संशोधन हो ? भएका उपलब्धीहरुपनि गुमाउने त होइन भन्ने आसंका छ ? सहमति पत्र गोप्य छ । अपवित्र सहमति बनेको छ । सहमति सार्वजनिक भएको छैन । यसप्रति ठुलो खतरा जनताले देखेका छन ।
शुक्रवार प्रधानमन्त्रीको विश्वासको मत लिने तयारी छ । विश्वासको मत नपाए नयाँ सरकार गठन हुने निश्चित छ । तर अहिले सरकार गठनको प्रक्रियामाथि पनि विवाद छ । संविधानको धारा ७६ को (२) बमोजिम कि धारा ७६ को (३) बमोजिम भन्ने विवाद छ । तर जुन बमोजिम भएपनि यो कुर्सी मोहका लागि सावित हुनेमा कुनै विवाद छैन । एकले अर्कोलाई पछार्ने राजनीतिले नेपाल कहिल्यै पनि माथि हुन सक्दैन । नेपालमा कम्युनिष्ट बामपन्थीहरुको जनमत भएको देश भएकाले बामशक्तिहरुको एकता र सहकार्य उपयुक्त हुने जनमत छ । यसले एउटा आसा गरेको थियो । तर त्यो आसा पछिल्लो राजनीति चलखेल र कुर्सी मोहले निरासामा फेरेको छ । जेजति गतिविधिहरु भईरहेका छन यी देश र जनताको हितमा हुनसक्दैन । यो केवल कुर्सी मोहका लागि मात्र हो भन्ने प्रष्टै छ । यसले देश प्रतिक्रान्तिकारी दिशामा जाने संकेत गरेको छ । नेपालका प्रतिगशील, देशभक्त,बामशक्ति, क्रान्तिकारी कम्युनिष्टहरु एकताबद्ध बन्ने बेला आयो ।
प्रतिक्रान्तिकारी कदम रोक्न जरुरी छ । देशलाई भड्कालो तिर जान दिनु हुदैन । कुर्सीका लागि जेपनि गर्ने राजनीतिको अन्त्य गर्न आवश्यक छ । यदि देश र जनतालाई शिर्षस्थानमा राख्ने सच्चा र इमान्दार नेपाली हाैं भने प्रमुख पार्टी र नेताहरुले कुर्सी मोह त्यागौं । देश र जनताकोहितलाई मुख्य केन्द्र बनाऔं । कुर्सी मोहकालागि देश र जनतालाई दाउमा नराखौं । नेपाली सचेत जनताहरु पनि अब कुर्सी मोहका लागि जस्तोकुकै कदम चाल्नेहरुको भ्रममा नपरौं ।