जुम्लामा एक कार्यालयका हाकीम द्धारा दलित कर्मचारीलाई ‘डुम’ शव्दले अपमान

निमित्त हाकीम हरिनारायण मण्डल

२७ साउन,जुम्ला । कृषि अनुसन्धान केन्द्र जुम्लाका निमित्त हाकीम हरिनारायण मण्डलले आफ्नै कार्यालयका एक दलित कर्मचारीलाई ‘डुम’ शव्दले गाली गर्दै अपमान गर्नु भएको छ ।

शुक्रवार कार्यालयको स्टाप बैठकमा दलित कर्मचारी प्राविधिक खरिदार टक्क सुनारलाई कार्यालयका निमित्त हाकीम मण्डलले ‘डुम’ को अपशव्द बोल्दै गाली गरी अपमान गर्नु भएको हो ।

कार्यालयका कर्मचारीहरुले निमित्त हाकीम मण्डललाई आर्थिक अपादर्शिता गर्ने,कर्मचारीलाई विदा नदिने लगायतका कुराहरु बेलाबखत उठाउदै आउने गरेको एक कर्मचारीले वताएका छन ।

सोही विषयमा बैठकमा दलित कर्मचारी सुनारले कुरा उठाउदा उहाँलाई अपशव्द बोलिएको हो नाम सार्वजनिक नगर्ने शर्तमा ती कर्मचारीले खुलासा गरेका छन ।
नेपालको संविधानले समेत कुनै जात जातिकै आधारमा कसै माथि ठेस पुग्ने गरी अपमान तथा जातीय विभेद गर्न नपाईने व्यवस्था गरेको भएपनि त्यसको उल्लंघन हुने गरी कार्यालयका निमित्त हाकीम मण्डलले गाली गरेको प्रति दलित कर्मचारी सुनारले आपत्ति जनाउनु भएको छ ।

उहाँले आफ्नो फेसबुकवालमा स्टाट्स लेख्दै खै लोकतन्त्र ! खै गणतन्त्र ! दलितलाई आएको भन्दै प्रश्न गर्नु भएको छ ।

पीडित दलित कर्मचारी टक्क सुनार

कर्मचारी सुनारले सरकारी अफिस मै स्टाप मिटिङ्गको वेला कुनै कुरामा असहमति राख्दा कानुनले बञ्चित गरेको शव्द त डुमले वोल्न पाईन्छ ? भनेर धर्काई खाइन्छ भने झन हाम्रो जस्तो विकट दुरदराजका दलितलाई बोल्ने शव्द, हेर्ने दृष्टिकोण कस्तो होला ? भनि लेख्नु भएको छ ।

कर्मचारी सुनारले सार्वजनिक पदधारण गरेको व्यक्तिले यस्तो शव्द बोल्नु आपत्तिजनक भएको भन्दै दोषीमाथि कार्वाहीको माग गुर्न भएको छ ।
कर्मचारी सुनारले लेख्नु भएको छ “यहि हो त लोकतन्त्र आफ्नो अधिकारको लागि आफै बोलौ । यो मेरो व्यक्तिगत भोगेको समस्या हो । खै कानुन ! खै नेपाल सरकार ! यो मेरो व्यक्तिको पीडा मात्र होइन समग्र नेपाल अधिराज्यको दलितको समस्या हो । सार्वजनिक पदधारण गरेको सरकारी अफिसरवाट डुम भनाई खाईन्छ भने अरुले कुन नजरले हेर्दा रहिछन थाहा भयो । दलितलाई भोट बैङ्कको रुपमा प्रयोग गर्दा रहिछन । कठै मेरो देशको कानुन !”

यस विषयमा कृषि अनुसन्धान केन्द्र जुम्लाका निमित्त हाकीम मण्डललाई ज्वाला खवरले फोन गरेर वुझदा आफु माथि कर्मचारी सुनारले मधेशी चोर जस्ता शव्द प्रयोग गरेकाले रिसको आवेशमा गाली गलौज भएको स्वीकार गर्नु भएको छ ।

उहाँले भन्नु भयो “शुक्रवार १२ जना स्टापहरुको बैठक थियो । नयाँ हाकीमका रुपमा डाक्टर शुशीलराज सुवेदी आउनु भएको थियो । परिचयात्मक स्टाप बैठकमा यस्तो भएको हो ।”

उहाँले यस अघि पनि दलित कर्मचारी सुनार संग विवाद भएको वताउनु भएको छ ।

पीडित दलित कर्मचारी सुनारले भने जातीय विभेद सम्वन्धि मुद्धा चलाउने तयारी गरेको र प्रहरी समक्ष ठाडो निवेदन दिएको समेत वताउनु भएको छ ।

पीडित दलित कर्मचारीको स्टाट्स

प्रतिक्रिया दिनुहोस