विप्लवपुत्र प्रकाश सहित पक्राउ परेका सबै रिहा

भाद्र २६, चितवन । सरकारद्वारा प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दलाई प्रहरीले मुक्त गरेको छ ।

चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरुसँगै प्रकाशलाई पनि प्रहरीले हिजो पक्राउ गरेको थियो । प्रकाश सँगै पक्राउ परेका अन्य १५ जना पनि रिहा भएका छन् ।

चितवन मेडिकल कलेजले विद्यार्थीबाट अवैध तरिकाले शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलित थिए । कलेज अगाडी आन्दोलन गरिरहेका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणको क्रममा प्रहरीसँग झडप हुँदा केही विद्यार्थी घाइते छन् ।

अवैध शुल्क लिने मेडिकल कलेजमाथी छानविन गर्नुको सट्टा उल्टै विद्यार्थीमाथी दमन गरेको भन्दै प्रहरीको तिव्र आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस