जनयूद्धका जिउँदा लास, बेपत्ताका आफन्त र कूर्चिको मोह

एउटा यस्तो देश जहाँ अरुको भलो चाहाने बिरलै छन । खसिको टाउको झूण्ड्यायर कूकूरको मासु बेच्न समेत कोहि डराउँदैनन । अर्काको कूरा सूनेर आफ्नो सत्यनास भएको कोहि पत्तो पाउँदैनन भने, कोहि सँधै अरुको कूरा काटेर फटाहा र दरीद्री काम बाहेक अरु केहि गर्न जान्दैनन । त्यहि देशमा एउटा अर्को बर्ग पनि छ जो कहिल्यै पनि आफ्नो मेहनतको पूरा प्रर्तिफल र कामको मूल्यांकन समेत पाउन सक्दैन । सँधै अरुको काम गरेर एक छाक टार्न समेत मूस्किल हून्छ । डोला प्रथा र हलिया प्रथाले सँधै पिरोलि रहयो । तँ ठूलो जात म सानो जात भनेर दिनहू मान्छेका ज्यान वलि चढाइयका छन । मान्छेले मान्छेलाई पशूलाइ झै व्यवहार गर्ने प्रबिर्ति थियो । त्यति मात्र होइन शिक्षामा भेदभाव, काममा शोषण, महिला हिंसा, लगाएतका थूप्रै अत्याचारको नारा बोकेर महान देशभक्ती सपूतहरुले हाँसिहाँसि देश र जनताको लागि ज्यानको बलि दिएर देशमा गणतन्त्र स्थापना भयो । आज उनिहरुलाइ सहित भन्न नसकेर मृतक भन्ने तानाशाहले राज्य गरेको देश हो नेपाल ।

आज भन्दा २५ बर्ष पहिलाको कूरा हो २०५२ साल फागून १ गते देशमा जनयूद्ध घोषण भयो । देशमा राजतन्त्र थियो, त्यो जनयूद्धको मूल उध्येश्य भनेकै राततन्त्र सँधैका लागि अत्य र देशमा जनबादी गणतनत्र स्थापना गर्नू मात्र नभइ जनताले ल्यायको सरकारमा जनताकै शासन हूनूप्रर्छ भन्ने त्यो जनयूद्धको मूलमन्त्र थियो । राजतनत्र र राजको शासनबाट मर्नू र बाँच्नू भइसकेका नागरीकहरका लागि पनि गणतन्त्रको आवश्यकता थियो,र जनताले मूक्ती पाउने उत्तम समय पनि त्यहि थियो । ५२ साल पहीले बहूदल पछि मसालबाट निखारीएर केहि कम्यूनिष्ट नेताहरु पार्टिको नेत्रित्व गर्ने खालका पनि देखिन्थे, त्यहि मसाल पार्टि पछि गएर नेपाल कम्यूनिष्ट माओवादी घोषित भइसकेको थियो । त्यो जनयूद्ध र योद्धाहरको नेत्रित्व तत्कालिन माओवादीले नै गर्ने भएपछि जनयूद्धले उग्ररुप लिने पक्का भयो । त्यो आन्दोलनको मूख्य नेत्रित्वकर्ता भनेके तत्कालिन माओवादीका नेताहरु मोहन बैध (किरण) पूष्पकमल दाहाल (प्रचण्ड) र डा. बाबूरा भट्टराइ थिय । शाहि सेनाको सूरक्षा, र दंगाहरुको मजबूत सूरक्षाबाट राजालाइ सजिलै दरवारवाट निकाला गर्न गाह्रो थियो । यसको प्रर्तिरोध र यूद्ध बिजयका लागि तत्कालिन माओवादीले पनि आफ्नो पार्टिका बिभिन्न जनबर्गिय संगठन र सैन्य संगठन पनि निर्माण गर्यो ।

माओवादीका यि सबै तयारीहरु पूरा नहूदै राजावाट पार्टि प्रर्तिबन्धीत भयो । प्रर्तिबन्ध पछि माओवादीका सामान्य अनूहारलाइ समेत गोलि हान्ने राजाकाे आदेश थियो । तर गाउमा सबै माओवादी भइसकेका थिए । माओवादी पक्ष होस  वा राजा पक्ष दूवै सिकार त जनतानै थिए । यसको कारण माओवादी पनि जनता राजाका सूराकि पनि जता भएर होला, राजाको हूकूमको आज्ञा गरीरहेको शाहिसेनाले सूराकिका आधारमा जनतालाइ धरै नै दूख दिइरहेको थियो । यो घरमा माओवादी छन अथवा यो घरको मान्छे माओवादी हो भनेकै आधारमा त्यो घर परीवारका सबै सदस्यहरुलाइ कूटपिट गने गोलि हानि हत्या गर्ने र महिलाहरुलाइ जवरजस्ती गर्ने क्रीयाकलापहरु शाहिसेनाका लागि सामान्य भइसकेको थियो ।

शाहि सेनाहरुले मारेका लासहरुलाई पनि माओवादीले मारेको भनेर घोषित गरीन्थ्यो । आन्तरीक रुपमा माओवादीले लामो समय लगाएर आफ्ना सबै संगठनहरु मजबूत बनाइ सकेपछि राज्यसत्ता सँग प्रर्तिरोध गर्ने अन्तिम तयारी पनि भयो । माओवादीको एउटा अनौठो बानि बनेको संगठन र संगठनका कार्यक्रममा नजाने अभियानमा जूलूस गर्न नजाने जो कोहिलाइ यातनात्मक कार्हाई गर्ने निति थियो । घरघरमा गएर सूतेकाहरुलाइ पनि आछ््यानबाट घिसारेर अथियानमा लगिन्थो । कतिबेला यो पनि राम्रे हो जस्तो लाग्छ, किन कि मूक्ती त सबैका लागि थियो । माओवादीका लागि मात्र त थियन । राजाको यातना सहनू भन्दा आन्दोलनमा हूमिनू नै बेश हो भन्ने मूल्यांकन गर्न सकिन्छ । रहर बाध्यता र परस्थिति जे भएपनि देश यूद्धमा धकेलियो र जनता यूद्धमा हूमिय । त्यहि बिचका यूद्धहरु हून, मंगलसैन रेट,खारा यूद्ध,पिलि यूद्ध लगायतका थूप्रै यूद्धहरु स्मरण योग्य छन । यिनै यूद्धका बिचमा हजारौ नागरीकका ज्यान गए । हजारौ ब्यपत्ता भए । हजाराैं आमाका कोख खालि भए, हजारौाका सिउदो खालि भए, लाखाैं बालबालिकाहरु टूहूरा भए । त्यसकै एउटा प्रर्तिफल हो राजालाइ सँधैका लागि पाखा लगाएर देशमा संघिय जनबादी गणतनत्र स्थापना भयो ।

त्यसको एक दशक समेत बित्न नपाउँदै बेपत्ताको खोजि हून नपाउँदै । सहिद परीवारका आखाँमा बगेका आँशूका धाराले मान्यता नपाउँदै,घाइते अपांगहरुका शरीरमा लागेका गोलिका छर्राहरु सेलाउन नपाउँदै, देशले प्रर्तिगमन भोग्नू परेको छ । लेखनेका कलमहरु थूनियका छन । बोल्नेका मूखमा पट्टी बाँध्न शूरु गरीदै छ । देशका लागि बोल्दा उल्टै गोलि खानू परेको छ । आज तिनै बिर सहिदहरुका सपना माथि कमान्डरहरुले लात्ती प्रहार गरीरहेका छन । जनताका आला घाउहरुमा मलम पट्टी लगाउन छोडेर उल्टै नून चूक छर्ने काम भएको छ । जनताका लागि  लड्नेहरू अँझै घरपरीवार आफ्न्त नभनि प्रर्तिबन्धीत भएका छन । कूर्चि र स्वार्थका लागि बिदेशमा बसेर मर्न बाध्य बनाउनेहरु हतियार उठाउन आदेश दिनेहरु हामिले कूर्चि पाएनौ भनेर सडकमा जनताहरुलाइ भेला गराएर रोइकराइ गरीरहेको देख्दा एकपटक हाँसेपनि पछूतो भने लाग्दैन ।

देशका लागि महान सपूतहरु जन्माएर अहिले सम्म रोइरहेकि नेपाल आमाले न्याय यपाउँदा र जनताको कून्नै मान्यता नहूदा हेलिमा चढेर उपरखूट्टी हाल्नेहरु आज सडकमा रोइकराई गरेर केहि हूदैन यो त सूरुवात मात्र हो । तिमिहरुको पूरै चलचित्र जनताले हेर्न बाँकीनै छ । जनताको लागि लड्नै बर्ग अँझै जनताको साथमा छ । जनताले पनि प्राबिधिक शिक्षको अध्यान राम्ररी गरेका छन ।

प्रतिक्रिया दिनुहोस