१ फागुन,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले प्रचण्ड–बाबुरामलगायत नेताहरूको विचलनका कारण जनयुद्धको अपूर्णताको वताउनु भएको छ ।
२७ औँ जनयुद्ध दिवसका अवसरमा वक्तव्य जारी गर्दै महासचिव विप्लवले यस्तो कुरा वताउनु भएको हो ।
उाँले जनयुद्ध दिवसको ऐतिहासिक अवसरमा जनयुद्धप्रति विशेष गौरव व्यक्त गर्दै श्रमिक जनताको विजयलाई कसैले पनि रोक्न नसक्ने वताउनु भएको छ ।
२७ औँ जनयुद्ध दिवसका अवसरमा महान् सहिद–बेपत्ता योद्धाप्रति विशेष स्मरण, सम्मान, श्रद्धा व्यक्त गर्दै महासचिव विप्लवले घाइतेहरूप्रति सम्मान, आमश्रमिक जनता, महान् सहिद–बेपत्ता योद्धा परिवारजनहरू प्रति गहिरो समवेदना व्यक्त गर्नु भएको छ ।
महासचिव विप्लवले श्रमिक जनता, पार्टी नेता–कार्यकर्ता र मित्रहरूमा विशेष शुभकामना प्रदान गर्नु भएको छ ।
महासचिव विप्लवले जनयुद्धका उपलब्धि र पात्रहरूका सीमाका बारेमा चर्चा गर्दै प्रचण्ड–बाबुरामलगायत नेताहरूको विचलनका कारण जनयुद्ध अपूर्णतामा टुङ्गिएको औल्याउनु भएको छ ।
वक्तव्यमा संसद्वादी तत्वहरूको बुद्धि फिर्नुको सट्टा आफ्नो तुच्छ कुर्सीस्वार्थ पूरा गर्न एमसीसीजस्ता घोर राष्ट्रघाती सम्झौता लाद्न उद्यत रहेको पनि टिप्पणी गर्नु भएको छ ।
वक्तव्यमा भनिएको छ “असफल संसदीय व्यवस्थाको निरन्तरता होइन, जनमतसङ्ग्रहद्वारा राजनीतिक व्यवस्था छान्ने र चुन्ने अधिकार प्रदान गर्नुपर्छ । तर सरकार र संसद्वादी पार्टीहरू हाम्रो पार्टीसँग राज्यले गरेको ३ बुँदे सहमति पनि इमानदारीपूर्वक कार्यान्वयन गर्नुको सट्टा बेइमानी गरिरहेका छन् । सहमतिअनुसार इमानदारीपूर्वक बन्दी कमरेहरूलाई मुक्त गर्नु र नेता–कार्यकर्ताहरूमाथि लगाइएका झूट्टा मुद्दाहरू खारेज गर्नुको बदला अनेकौँ कानुनी बहाना देखाएर अल्झाउने गलत कार्य गरिरहेका छन् । हामी सरकारलाई ३ बुँदे सहमतिप्रति इमानदार बन्न विशेष जोड दिन चाहन्छौँ ।”
महासचिव विप्लवले वक्तव्यको अन्त्यमा महान् जनयुद्धको गौरवलाई पकड्दै एकीकृत जनक्रान्तिलाई विजयतिर अगाडि बढाउन आग्रह गर्दैं जनताको मुक्ति, राष्ट्रको स्वाधीनताका पक्षमा उभिने र मिल्न सकिने सबै कम्युनिस्ट, देशभक्त, प्रगतिशील लोकतन्त्रवादी, वामपन्थी मित्रहरू एकताबद्ध हनु अपिल गर्नु भएको छ ।
उहाँले दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको स्थानमा वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् लक्ष्यमा समर्पित भए, श्रमिक जनताको विजयलाई कसैले पनि रोक्न नसक्ने विश्वास व्यक्त गर्नु भएको छ ।
२७ औँ जनयुद्ध दिवसको वक्तव्यको पूर्णपाठ‘..
प्रतिक्रिया दिनुहोस