कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य वाहेकका सेवामा तालावन्दी

३० जेठ, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत सम्पूर्ण कर्मचारीहरुले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य वाहेकका सेवामा तालावन्दी गरेका छन ।

कर्मचारीहरुले जेठ २६ गतेदेखि जुम्लामा स्वास्थ्य सेवा वाहेकका शाखाहरु र जेठ २९ गते काठमाडौ स्थित सम्पर्क कार्यालयमा तालावन्दी गरेका हुन ।

अहिले अस्पतालको स्वास्थ्य सेवा वाहेकका सम्पूर्ण सेवा बन्द गरी सबै कर्मचारीहरु आन्दोलित भएका छन ।

रजिष्ट्रार नृपेन्द्र महतको पदावधी सकिन केहि दिन मात्र बाँकी रहँदै गर्दा आफ्ना नजिकका आसेपासेलाई भर्ति गर्न विज्ञापन प्रकाशन गरिएको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन ।

कर्मचारीहरुले विहिवार एक प्रेश विज्ञप्ति जारी गर्दै जुम्लामा स्वास्थ्य सेवा वाहेकका सम्पूर्ण सेवा बन्द गरिएको र काठमाडौ स्थित प्रतिष्ठानको मैतिदेवी स्थित सम्पर्क कार्यलयमा तालावन्दी गरिएको जनाएका छन ।

प्रेस विज्ञप्ति

जेठ २३ गते प्रतिष्ठानको वेभसाइटमा प्रकाशन भएको विज्ञापनमा प्रतिष्ठानमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले गम्भिर ध्यानाकर्षण भएको भन्दै आसेपासेलाई भर्ति गर्ने उद्देश्यका साथ विज्ञापन प्रकाशन गरिएकोमा खेद प्रकट गरेका छन ।

कर्मचारीहरुले प्रतिष्ठानको वेभसाइडमा प्रकाशन भएको विज्ञापन कार्यकारी परिषदबाट स्वीकृत गराई विज्ञापन गर्नु पर्नेमा रजिष्ट्रारको एकल निर्णयले विज्ञापन गरेको तथा प्रकाशित विज्ञापन प्रतिष्ठानको सभाबाट स्वीकृत दरवन्दी किताबमा समेत नभएको पदहरु समेत राखी विज्ञापन गरिनुमा कुनियत रहेको आरोप लगाएका छन ।

कर्मचारीहरुले प्रकाशित विज्ञापन रद्ध गर्न दिएको ४८ घण्टाको समय वितिसक्दा पनि प्रतिष्ठानका पदाधिकारीहरुबाट यस विषयमा कुनै पनि प्रतिक्रिया नआएको भन्दै तालावन्दीसम्म पुग्नु परेको बताएका छन ।

जेठ २६ गतेका दिनदेखि प्रतिष्ठानको शिक्षण अस्पतालको स्वास्थ्य सेवा बाहेक अन्य सम्पूर्ण शैक्षिक तथा प्रशासिनक कार्यक्रमहरु अनिश्चितकालका लागि बन्द हुने जानकारी गराउँदा समेत प्रतिष्ठानका पदाधिकारीहरुबाट समस्या समाधानको लागि कुनै पहल कदमी नभएको कर्मचारीहरुको विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानको काठमाडौं सम्पर्क कार्यालयमा विहिवार मात्र कर्मचारी अमृत भण्डारी, समीर न्यौपाने, इन्द्रजीत डाँगी लगायतका कर्मचारीले तालाबन्दी गरेका हुन ।

सम्पर्क कार्यालय काठमाडौंमा गरेको तालाबन्दी

आफ्ना मागहरुप्रति वेवास्ता गरिएकाले पदाधिकारीका सम्पूर्ण कार्यकक्ष, शैक्षिक प्रशासन र अस्पताल प्रशासन जेठ २६ गतेबाट बन्द रहेको बरिष्ठ प्रशासन अधिकृत द्वन्द बहादुर शाहीले बताउनु भएको छ ।

कर्मचारीहरुले यस खालका गतिविधिहरुबाट हुन आउने क्षति र अन्य गतिविधिहरुको जिम्मेवार स्वयम प्रतिष्ठान पदाधिकारीहरु हुनुपर्ने चेतावनी दिएका छन ।

यसैविच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल प्रशासनले नयाँ आउने कुनै पनि कर्मचारीहरुलाई हाजिर नगराउन सर्कुलर जारी गरेको छ ।

सर्कुलरमा प्रशासनले लिखित पत्र कामकाजमा लगाउन हुन भनि पत्रचार नगरे सम्मका लागि काम काजमा नलगाउन र हाजिर समेत नगर्न नगराउन सम्बन्धित सम्पूर्ण विभाग प्रमुख र ईन्चार्ज ज्यू लगायत सम्बन्धित सबैमा जानकारी सहित अनुरोध गरेको छ ।

सर्कूलर

स्मरणरहोसः नयाँ कर्मचारी भर्ति सम्वन्धिको विज्ञापन खोल्दा प्रष्ठिानका रजिष्ट्रार नृपेन्द्र महत यसअघि पनि विवादमा तानिदै आउनु भएको थियो ।

प्रतिष्ठान जुम्लामा गरेको तालाबन्दी

प्रतिक्रिया दिनुहोस