हामीलाई नेपालमा अमेरिकी प्रभुत्व स्वीकार्य छैन: माइला लामा

जेठ ३०, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला लामाले आफुहरुलाई नेपालमा अमेरिकी प्रभुत्व स्वीकार्य नहुने बताउनु भएको छ ।

अमेरिकी सेनाका जर्नेल तथा हिन्द प्रशान्त क्षेत्रका सैन्य कमान्डर चार्ल्स ए फ्लिप नेपाल भ्रमणमा रहेको बेला पार्टीको केन्द्रिय कार्यक्रम अन्तर्गत सोमबार आयोजित एमसीएको कार्यालय घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै लामाले यस्तो बताउनु भएको हाे ।

काठमाडौँको शान्तिबाटिका र प्रज्ञा भवन चोक गरि दुईतिरबाट शुरु गरिएको विरोध प्रदर्शनलाई दरबार मार्ग स्थित याक एण्ड यति होटेलमा रहेको एमसीए कार्यालय घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै नेता लामाले आमा जस्तै प्यारो हुन्छ जन्मिएको देश, देशलाई घात गर्नु भन्दा मर्नु गएकै वेश भन्दै नेता अमेरिका र एमसीसीकै कारण हजारौँ युक्रेनीहरुको ज्यान गइरहेको छ । सुन्दर शहरहरु भग्नावशेषमा बदलिएको बताउनु भयो ।

उहाँलेे भन्नुभयो अमेरिकाले आज नेपाललाई पनि त्यस्तै भयावह द्वन्दमा पुर्याउन चाहन्छ । तर हामीलाई अमेरिकी प्रभुत्व स्वीकार्य छैन । देशको स्वाधिनताका लागि अन्तिमसम्म लड्छौँ । प्रधानमन्त्री शेर बहादुर देउवा र ओलीले नेपालका जनताले एमसीसी नपढेकोले विरोध गरिरहेका छन् भनेर जनतालाई गुलाम र अज्ञानी ठाने तर म उहाँहरुलाई चुनौती दिएर भन्छु तपाईहरु जस्ता लाचार र देशद्रोही नेताहरु भन्दा यो माटोलाई माया गर्ने मजदुर किसान र देशभक्तहरुले कैयौं गुणा पढेका छन् ।

एमसीसी बुझेका छन् बरु तपाईहरुको व्यक्तिगत स्वार्थले तपाईहरु जनतालाई मूर्ख देख्दै हुनुहुन्छ । इतिहाँसले यसको राम्ररी जवाफ दिनेछ ।´

एमसीएको कार्यालय घेराउ कार्यक्रममा गो ब्याक अमेरिका, अमेरिकी साम्राज्यवाद मुर्दावाद! रिजेक्ट एमसीसी, दलालहरु होसियार जस्ता नाराहरु लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस