अब गगन थापालाई चारपाटे मुडेर थानकोट कटाउने बेला आयो: नेता पुन

जेठ ३० काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य ओम प्रकाश पुनले अब नेपाली काङ्ग्रेसका नेता गगन थापालाई चारपाटे मुडेर थानकोट कटाउने बेला भयो कि भएन भनेर प्रश्न गर्नु भयको छ ।

सोमवार काठमाडौको दरबार मार्ग स्थित याक एण्ड यति होटेलमा रहेको यमसियको कार्यालय घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य पुनले यस्तो कुरा बताउनु भएको हो ।

नेपालको संसदले यमसिसी पास गरेपछि अमेरिकीहरुको हस्तक्षेप तिब्र रुपमा बढ्दै गएको र नेपाललाई अर्थ राजनितिक हिसाबले श्रीलंका र शैन्य राजनीतिक हिसाबले युक्रेनको दिशामा धकेल्न खोजियको भन्दै नेपाल कम्युनिस्ट पार्टीद्वारा आयोजित विरोध प्रदर्शन सहित एमसिएको कार्यालय घेराउ गर्ने क्रममा मन्तव्य राख्दै, हामिले हिजो देखि नै एमसिसी इन्डो प्यासिफिक रणनीतिको अंगहो भनेर बिरोध गर्दै आयका थियौ ।

अमेरिकी अधिकारीहरुले समेत यसलाई इन्डोप्यासिफिक कै अंग हो भनेर स्विकार गरिसकेका थिए तर यहाका दलालहरुले एमसिसी इण्डो प्यासिफिकको अंग होइन भन्न थाले, अहिले अमेरिकी सेनाका जर्नेल चर्ल्स ए फिलिपको भ्रमणले त्यो कुरालाई पुष्टि गरिसकेको छ ।

उहाँले भन्नुभयो अब उनिहरु चीन विरुद्धको सैन्य गठवन्धन गर्न गैरहेका छ्न । स्टेट पाट्नर्शिप प्रोग्राम (एसपिपी) मा नेपाललाई हस्ताक्षर गराउन नेपाली सेना र प्रधानमन्त्रीको अमेरिका भ्रमण गराउन खोजिदै छ।

अमेरिकी सेनाका हिन्द प्रशान्त कमान्डर फ्लिपले केही दिन पहिले आफ्नो भ्रमणको क्रममा भारतिय सेनाका अधिकारीहरु सङ्ग भेटेर दक्षिण एशियामा शैन्य साझेदारी गर्ने प्रस्ताव गरेको र नेपाललाई पनि सैन्य सहकार्यका लागि उहाँले प्रस्ताव गरेको भन्दै नेता पुनले फेरि भन्नुभयो, अमेरिकी सेनाका जर्नलले भारतका सैन्य अधिकारी सम्म भेटे पनि प्रधानमन्त्री र रास्ट्रपतिलाई भेट्न सकेनन । तर यहाँ त प्रधानमन्त्री देखि राजनितीक दलका नेताहरुलाई समेत भेटेर कुराकानि गरे, के नेपालका सैन्य अधिकारीहरुले अमेरिकाका रास्ट्रपतिलाई भेटेर वार्ता गर्न सक्छ्न ?

हिजो नेपालको संसदमा एक जना साङ्सदले नेपालमा ५ हजार अमेरिकी सेना अघोषित रुपमा रहेको भनेर प्रश्न गरेका छ्न । यो के हो ? यसै गरि एक अर्को सुचना अनुसार अमेरिकाले दक्षिण एशियामा २० हजार अणु बम बिच्छयाको र युद्दको तयारी गरिरहेको भनेर समेत कुराहरु आइरहेका छन ।

केही समय अघि प्रधानमन्त्री देउवाले संयुक्त रास्ट्रसंघमा रुसका विरुद्ध युक्रेन र अमेरिकाको पक्षमा नेपाललाई मतदान गर्न लगाएर हाम्रो स्वतन्त्र एबम असंलग्न विदेश नितिको उल्लंघन गरेका छन । यसले भविस्यमा गम्भीर संकट निम्तिने स्थिति छ उहाँले भन्नुभयो ।

नेपाल कम्युनिस्ट पार्टीले देशमा महङ्गी , भ्रस्टाचार , अमेरिकी हस्ताक्षेप बढेको र सरकार सङ्ग गरियको तीन वुदे सहमति कार्यान्वयन नभयको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै आयको छभने आगामी ५ गते महङ्गी बिरुद्द देशव्यापी प्रदर्शन गर्ने समेत उल्लेख्य गरेको छ।

गो ब्याक अमेरिका ! साम्राज्यवादी हस्ताक्षेप बन्द गर ! बढ्दो महङ्गी र भ्रष्टाचार अन्त्य गर ! दलाहरु होसियार ! भन्ने नारा र प्लेकार्ड सहित शान्तिवाटिका बाट शुरु गरियको प्रदर्शनको समापनमा केन्द्रिय सदस्य माइला लामाले समेत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन केन्द्रिय सदस्य आस्थाले गरेकी थिइन।

प्रतिक्रिया दिनुहोस