बाँकेमा नेकपा प्रवक्ता प्रकाण्डको सहभागिता २ विगाह खेतमा धान रोपाई

२९ असार, बाँके । बाँकेको खजुरामा करिब २ विगाह खेतमा धान रोपाई भएको छ । नेकपाको केन्द्रीय कार्यालय तथा कर्णाली प्रदेशको आयोजना र बाँके जिल्लाको सहभागितामा नेकपाले २ विगाह खेतमा धान रोपाई गरेको हो ।
धान रोपाईमा नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीको समेत प्रत्यक्ष सहभागिता भएको छ ।
धान रोप्नकै लागि पार्टी प्रवक्ता प्रकाण्ड सी शनिवार साँझ बाँके पुग्नु भएको थियो । प्रवक्ता प्रकाण्ड आईतवार धान रोप्न हिलो पारिएको खेतमा पुगेर छुप छुप धान रोपाईमा दिनभर व्यस्त हुनु भयो ।
धान रोपाईमा पार्टीका नेता कार्यकर्ता र जनतालाई नयाँ उर्जा दिदै प्रवक्ता प्रकाण्डले श्रम गर्नु समाजवादी व्यवस्थाका लागि भएको बताउनु भयो ।
पूर्वमन्त्री समेत भईसक्नु भएका प्रवक्ता प्रकाण्डले अरु पार्टी भन्दा नेकपा धेरै फरक पार्टी भएको जिकिर गर्दै नेपालमा सबैले पसिना बगाउने हो भने देश आत्मनिभर हुने र विदेशीको मुख ताक्न नपर्ने विश्वास व्यक्त गर्नु भयो ।
नेकपाका कर्णाली प्रदेश इन्चार्ज सुशिल सी, नेकपा बाँकेका इन्चार्ज रक्तिम सी,केन्द्रीय सदस्य विराट सी, केन्द्रीय सदस्यहरु नारायण सी, हिमशिखर सी लगायतका नेता कार्यकर्ताहरुको साथमा प्रवक्ता प्रकाण्डले दिनभर धान रोप्नु भयो । उहाँमा कुनै धकानको आभास थिएन ।

नेकपाका केन्द्रीय सदस्य विराट सीले करिव २ विगाह खेतमा धान रोपाई भएको बताउनु भयो । उहाँले आईतवार पार्टीका प्रवक्ता प्रकाण्डको सहभागिताले थप हौसला प्रदान गरेको पनि बताउनु भयो ।
नेकपाको उत्पादन विभाग सदस्य समेत रहनु भएका नेता विराट सीले आईतवार करिब ४ कट्ठा जति खेत रोप्न वाकी रहेकाले सोमवार पनि धान रोपाई हुने जानकारी दिनु भयो ।
नेकपाले नेता कार्यकर्ता, पार्टी र जनतालाई आत्मनिर्भर बनाउने अभियान संचालन गर्ने क्रममा देशभर धान रोपिरहेको हो ।
पार्टीका महासचिव विप्लव सी कपिलवस्तुमा धान रोप्न व्यस्त हुनु हुन्छ । प्रवक्ता प्रकाण्ड सी आफै काठमाडौ, चितवन लगायतका ठाउँको धान रोपाईमा सहभागी भएर बाँके पुग्नु भएको हो ।
नेकपाले खजुरालाई उत्पादन केन्द्रको हब बनाउने लक्ष्य लिएको छ । नेता कार्यकर्ताको विचमा धान रोप्न व्यस्त देखिनु भएका प्रवक्ता प्रकाण्डले उत्पादन क्रान्ति विना नेपालमा समाजवादी व्यवस्था स्थित नहुने विचार राख्नु भयो ।
उहाँले नेकपाले समाजवादी व्यवस्थाको जग बसाल्न सिंगो पार्टीलाई उत्पादनमा केन्द्रीत गरेको पनि तर्क गर्नु भयो ।
‘नेकपाले असार १० देखि साउन १० गतेसम्म उत्पादनमा लाग्न देशभरका नेता कार्यकर्तालाई निर्देशन दिएको छ । सोही अनुसार देशभर उत्पादनको कार्य भइरहेको छ’ प्रवक्ता प्रकाण्डले भन्नु भयो ।

प्रतिक्रिया दिनुहोस