असार २९, काठमाडौं । जनपत्रकार संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन आगामी भाद्र ११ र १२ गते काठमाडौ हुने भएको छ । मंगलबार काठमाडौ स्थिति पद्मकन्या क्याम्पसमा सम्पन्न संगठनको केन्द्रिय समितिको विस्तारित बैठकले यस्तो निर्णय गरेको हो।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो प्रतिबद्धता !मानव अधिकारको रक्षा र बैज्ञानिक समाजवादका लागि जनपत्रकारीता !! भन्ने नारा सहित संयोजक शेरबहादुर बिश्वकर्माको अध्यक्षता तथा सञ्चालन र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको विशेष उपस्थितमा भएको बैठकमा नेकपा केन्द्रिय सचिवालय सदस्य सन्तोष बुढामगर, संगठनका फ्याक्सन इन्चार्ज प्रज्वलन र नेकपा केन्द्रिय सदस्य सुशील ओलिको समेत उपस्थिति रहेको थियो।
नेपालको पत्रकारिता आन्दोलन र जनपक्षीय पत्रकारहरुको नयाँ जिम्मेवारी, नेपालको सत्ता राजनितिमा देखिएका संकट र समाजवादी क्रान्तिको भविष्य तथा नेपालको स्वाधिनता माथी बढ्दै गएको साम्राजवादी हस्ताक्षपको खतराबारे महासचिव विप्लवले विस्तृत रुपमा प्रशिक्षण गर्नु भएको थियो भने अतिथिहरु सन्तोष बुढा र प्रज्वलनले प्रशिक्षण मन्तव्य राखेका थिए ।
बैठकले चौथो राष्ट्रिय सम्मेलनका लागि विभिन्न समितिको गठन पुनर्गठन र केन्द्रिय सदस्यहरुको कार्यक्षेत्र समेत हेरफेर गरेको छ। यसैगरी बैठकमा सहभागी केन्द्रिय सदस्यहरूले आ आफ्नो फिल्डको कामको रिपोर्टिङ गरेका थिए भने आमन्त्रित सदस्यहरुले अनुभुती, प्रतिबद्धता र सुझाव सहितको धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस