२८ साउन,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक आजबाट सुरु हुदैछ ।
नेकपाको पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुको शिवगढीमा बैठक सुरु हुन लागेको हो । बैठकले समाजवादी मार्चाको थप कार्यक्रम ,पार्टीको आगामी कार्यक्रम र कम्युनिष्टहरु बीचको एकता लगायतका विषयमा शैद्धान्तिक धारणा तय गरी ठोश कार्यक्रम बनाउने आसा गरिएको छ ।
यस्तै नेकपाको केन्द्रीय समितिको वैठकमा समाजवादी मोर्चा नेपालमा समाजवाद ल्याउने उद्देश्य राखेर बनाएको विषयमा पार्टी भित्र पनि व्यापक छलफल हुने र यसलाई जनता सम्म लैजान यसको महत्व वुझाउने कुरामा छलफल हुनेछ ।
वैठकमा सहभागी हुन देशभरवाट स्थायी समिति,पोलिट व्यूरो,केन्द्रीय सदस्य र वैकल्पीक केन्द्रीय सदस्यहरु गरी गरिव १ सय २६ वढी पार्टीका केन्द्रीय नेताहरु वैठक स्थल शिवगढी पुगिसकेका छन ।
नेकपाको केन्द्रीय समितिको वैठक सुरु हुनु पूर्व पोलिट व्यूरोको वैठक अहिले जारी छ । शनिवार देखि सुरु भएको पोलिट व्यूरोको बैठक १२ वजे सम्म सक्ने र त्यसपछि केन्द्रीय समितिको बैठक सुरु हुने नेकपा श्रोतले जनाएको छ ।
नेकपाको केन्द्रीय समितिको बैठक पूर्व केन्द्रीय प्रतिनिधि समितिको बैठक सम्पन्न भएको थियो । त्यसपछि नेकपाको स्थायी समिति बैठक पनि वसेको थियो । स्थायी समिति बैठक सकिएपछि पोलिट व्यूरो वैठक सुरु भएको हो ।
पोलिट व्यूरो बैठक सन्पन्न लगत्तै केन्द्रीय समितिको बैठक सुरु हुने जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेरवहादुर विश्वकर्माले जानकारी दिनु भयो ।