समाजवादी क्रान्ति पुरा गर्ने दायित्व नेकपाको काँधमा छः विप्लव

२८ साउन,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले समाजवादी क्रान्ति पुरा गर्ने दायित्व नेपाल कम्युनिष्ट पार्टीको काधँमा आएको वताउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय कपिलवस्तुको शिवगढीमा आईतबारबाट सुरु भएको केन्द्रीय समितिको चौथो पूर्ण बैठकलाई सम्वोधन गर्दै नेकपाका महासचिव विप्लवले यस्तो कुरा वताउनु भएको हो ।

उहाँले अहिले साम्राज्यवाद र नेपाली जनता बीचको अन्तरबिरोध मुख्य बनेको खुलासा गर्दै सवै समाजवादी,देशभक्त,प्रगतिशील तथा राष्ट्रवादी शक्तिहरुले भुमण्डलीकृत साम्राज्यवादको हस्तक्षेप विरुद्ध संघर्ष गर्नु पर्ने बताउनु भयो ।

नेपाललाई युक्रेन बनाउन खोज्ने साम्राज्यवादका विरुद्ध समाजवादी मोर्चा सशक्त हतियार भएको र यसले नेपाली विशेषता सहितको समाजवाद नेपालमा स्थापना गर्ने उहाँले दावी गर्नु भयो ।

महासचिव विप्लवले साम्राज्यवादी चलखेलका कारण समाजवादी मोर्चा बिरुद्ध पनि थुप्रै षड्यन्त्रहरु हुदै आएको बताउदै त्यसबाट सवै समाजवादी शक्ति सचेत हुनुपर्ने वताउनु भयो ।

उहाँले भन्नु भयो “समाजवादी मोर्चाका विरुद्ध षड्यन्त्र जारी छ । यसवाट सचेत हुनुपर्छ । समाजवादी मोर्चा बिरोधीहरुले अनाबश्यक हल्ला मचाएका छन । नेपालमा कुनै पनि वहानामा दलाल संसदीय व्यवस्था रहन सक्दैन । समाजवादी व्यवस्थाले मात्र देशर जनताको समस्या समाधान गर्छ ।”


महासचिव विप्लवले माओवादी केन्द्रसंग अहिले पार्टी एकताको कुरा नभएको,मोर्चावाट अगाडि जाने कुरा मात्र भएको भन्दै कतिपय व्यक्तिहरुले पार्टी एकता र पद बाडँफाडको हल्लाले दुर्गन्ध फैलाएको वताउनु भयो ।

उहाँले सिंगो कम्युनिष्ट आन्दोलन एक बनाउने आवश्यकता रहेको बताउदै माओवादी केन्द्र वा अन्य कम्युनिष्ट क्रान्तिकारी पार्टीसंग तत्काल एकताको कार्यसूची नभएको र मोर्चाबाट अगाडि जाने सूची रहेको वताउनु भयो ।

उहाँले नेकपालाई आत्मनिर्भर पार्टी बनाउन उत्पादनको योजनालाई कडाईपुर्बक लागू गर्न पनि निर्देशन दिनु भयो ।
केन्द्रीय समितिको बैठकमा १२ वटा समूह विभाजन गरिएको छ । महासचिवको प्रस्ताव माथि छलफल तथा सुझाव दिन समूह विभाजन गरिएको नेकपाले जनाएको छ ।

समूहका नेताहरुले सोमवारवाट समूहको सुझाव वैठकमा पेश गर्नेछन । वैठक सामेवार विहान ८ वजे पछि सुरु हुने नेकपाले जनाउको छ । आईतवार अबेर सुरु भएको केन्द्रीय समितको बैठक साँझ ७ वजे भोली विहान ८ वजे सम्मका लागि स्थगीत भएको हो ।

 

प्रतिक्रिया दिनुहोस