२८ साउन,धनगढी । स्वास्थ्यकर्मीहरुको संगठन सिएमए संघले सुदूरपश्चिम प्रदेशमा अवैद्य क्लिनिक संचालन गरिएको आरोप लगाएर क्लिनिक जर्वजस्त बन्द गराउने र धरकपड गर्ने जस्ता कार्य गरिएको भन्दै आपत्ति जनाएको छ ।
सिएमए संघले सुदूरपश्चिमका सामाजिक विकास मन्त्री झडप साँवद समक्ष आईतवार एक ज्ञापनपत्र पेश गर्दै स्वास्थ्यकर्मी माथि भएको धरपकड,धम्की अवैध चन्दा, हिरासदमा लिने र मुद्दा चलाउने जस्ता क्रियाकलाप गरिएको भन्दै आपत्ति जनाएको हो ।
सिएमए संघले स्वरोजगारी शिक्षा भनेर लाखौं खर्च गरेर सीएमए पढि निजी क्षेत्र बाटै स्वास्थ्य सेवा दिदै आएका सुदूरपश्चिमका हजारौं स्वास्थ्यकर्मीहरु सरकारको यस्तो कार्यले अलपत्र परेको जनाएको छ ।
प्रदेश सरकाले निजी स्वास्थ्य संस्थाहरु माथि अनुगमनको नाममा गरिएको धरपकट र अवैध भनी क्लिनिक बन्द गराउदा क्लिनिक संचालकहरु समस्यामा परेका हुन ।
संघको ज्ञापनपत्रमा भनिएको छ “नेपाल स्वास्थ्य व्यावसायी परिषद ऐनको दफा २(घ) ले परिषदमा दर्ताबाला स्वस्थ्य व्यावसायीहरुलाई दिएको अधिकार र तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको च.नं १८५ नेपाल स्वास्थ्य व्यावसायिक परिषदको च.नं १०९ को जारि पत्र अनुसार आन्तरिक राजस्व कार्यालयमा दर्ता गरि संचालित निजी स्वास्थ्य क्लिनिकहरुलाई स्वास्थ्य मन्त्रालयद्वरा जारी स्वास्थ्य संस्था स्थापना संचालन तथा स्तरउन्नति मापदण्ड सम्बन्धि निर्देशन २०७० संसोधन २०७३को दफा २२ले बन्देज गरेकोले उक्त निर्देशनलाई संसोधन गरि समस्या समाधान नहुदा सम्म देश भर संचालित रहेका निजी स्वास्थ्य क्लिनिकहरुलाई यथावथ संचालन गर्न पाउने गरि २०७४÷७÷१ का दिन स्वास्थ्य मन्त्री र सचिवको उपस्थितिमा निर्णय गरियको थियो ।”
प्रदेश सरकारले ल्याएको स्वास्थ्य ऐनमा पारामेडिक्सहरु र पारामेडिक्सहरुले संचालन गरेका क्लिनिक र क्लिनिक खोल्न पाउने बारे कुनै बिषय बस्तु नआउदा पारामेडिक्सहरुलाई प्रदेश सरकारले अलपत्र परेको हो ।
सिपमुलक स्वरोजगार शिक्षा अन्तर्गत सिटिईभिटी बाट अहेव उतिर्ण गरि काउन्सिलमा दर्ता भएका र कर कार्यालयमा दर्ता गरी पाना नम्बर लिएर दर्ता गरि संचालन गरिएका स्वास्थ्य संस्था प्रदेश सरकारले अबैध भन्दै धरपकट गर्न थाले पछि सि एम ए संघले सामाजिक मन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
माफिया र निजी अस्पताल सञ्चालकको लह लहैमा लागेर सानातिना स्वास्थ्य क्लिनिक माथि अनुगमनको नाममा स्वास्थ्यकर्मीलाई सताउने काम भएको सीएमए संघले आरोप लगाएको छ ।
सिएमए संघले यस्ता क्रियाकलापहरु यथाशिघ्र बन्द गर्न र समस्याको समाधान दिन सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री साउँदलाई ज्ञापनपत्र मार्फत आग्रह गरेको छ ।
ज्ञापनपत्र