नेकपा जुम्लाको तेस्रो जिल्ला सम्मेलन सम्पन्न,सेक्रेटरीमा रोकाय निर्वाचित

२८ भाद्र,जुम्ला । नेपाल कम्युनिष्ट पार्टी जुम्लाको तेस्रो जिल्ला सम्मेलन सोमवार सम्पन्न भएको छ । सम्मेलनले शक्त रोकायको नेतृत्वमा १५ सदस्सीय जिल्ला समिति निर्वाचित गरेको छ ।

रोकायलाई सम्मेलनले जिल्ला सेक्रेटरीमा निर्वाचित गरेको हो । यसअघि जिल्ला सेक्रेटरी प्रभाजित रहनु भएको थियो । सम्मेलनको उद्घाटन गर्दै नेकपाका केन्द्रीय सदस्य कर्ण भण्डारी (विराट)ले क्रान्तिकारी आन्दोलन सफलता पुर्याउन संगठन सुदृढ तथा क्रान्तिकारी हुनुपर्नेमा जोड दिनु भयो ।

उहाँले पार्टीको ९ औ महाधिवेशनको तयारी स्वरुप देशभरका जिल्लाहरुमा पार्टीका जिल्ला सम्मेलन सफल गर्दै नयाँ नेतृत्व निर्वाचित भइरहको वताउनु भयो ।

नेता विराटले यसै शिलशिलामा जुम्ला जिल्लामा पनि नयाँ नेतृत्व निर्वाचित भएकोमा पार्टीको तर्फवाट वधाई सहित कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा पूर्व जिल्ला सचिव प्रभाजितको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस