नेकपाको नवौं महाधिवेशनमा २० वटा समूह विभाजन, समूह छलफल सुरु

२७ असोज,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीको जारी नवौं महाधिवेशनको दोस्रो दिनको वन्दसत्रमा २० वटा समूह विभाजन गरेर छलफल सुरु भएको छ ।

केही समय अघि समूह विभाजनको घोषणा पार्टी प्रवक्ता प्रकाण्डले गर्नु भएको छ । कार्यक्रम हलको वरपर तथा तल माथि वसेर २० वटा समूहहरुले राजनैतिक प्रतिवेदन,विधान र जातीय प्रस्ताव माथि छलफल गरिरहेका छन ।

समूह छलफलमा पार्टीका केन्द्रीय सदस्यहरु भने नवस्ने र उनीहरुले सहजिकरण गर्ने नीति वनाईएको छ । महाधिवेशनको वन्द सत्रमा पार्टीको तर्फवाट महासचिव विप्लवले पेश गरेको राजनैतिक प्रतिवेदन, विधानको प्रस्ताव र सचिवालय सदस्य संतोष वुढा मगर (विषम)ले पेश गरेको जातीय प्रस्तावका विषयमा समूह छलफल भइरहेको छ । प्रत्यक समूहमा करिव २५ जना वरावरको सदस्य संख्या तोकिएको छ ।

२० वटा समूहले आ आफ्नो समूह वाट एउटा समूह नेता चयन गरेका छन । समूह नेता समक्ष समूहका सदस्यहरुले आ आफ्ना सुझावहरु टिपाईरहेका छन । सुझाव टिपाउने क्रम सकिएपछि सक्भर आजैवाट समूह नेताहरुले महाधिवेशनको वन्दसत्रमा आफ्नो समूहका सुझावहरु प्रस्तुत गर्ने नेकपा श्रोतले जनाएको छ ।

समूह विभाजनमा जिल्ला,विभाग,मोर्चा स्वयम सेवक,जवस,विदेश विभाग,प्रवास,कलाकार लगायतका विभिन्न क्षेत्रका प्रतिनिधि पर्यवेक्षकहरुलाई राखिएको छ । महाधिवेशनको वन्दसत्रमा कुल प्रतिनिधि पर्यवेक्षकहरु ५६० जना रहेका छन । करिव १५० जनाको स्वयसेवक संख्या रहेको छ ।

प्रतिक्रिया दिनुहोस