२ फागुन, जुम्ला । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति जुम्लाले २७ औं जनयुद्ध दिवस भव्य रुपमा मनाएको छ ।
जिल्लाको हिमा गाउँपालिका वडा न .४ को खेत्तु गाउँमा २७ अौ जनयुद्ध दिवस भव्य रुपले मनाएको हो ।
२७ औ जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान गरिएको छ ।
जनयुद्ध दिवसको अवसरमा जुम्ला जिल्लामा २०५५ साल असोज १८ गते तल्कालिन निरङ्कुस सरकारको प्रशासनद्वारा एकैदिनमा हत्या गरिएका ४ जना सहिद हरिप्रसाद पाण्डे .प्राप्ति,पृथ्वी ब. रावत,दुर्ग ब.शाही र रकम शाहीको सम्झनामा प्रतिक्षालयको शिलान्यास र वृक्षरोपण गरिएको छ ।
जिल्ला सेक्रेटरी बिर्ख बहादुर शाही. (प्रभाजित)ले प्रतिक्षालयको शिलान्यास र वृक्षारोपण गर्नुभएको हो । उक्त कार्यक्रममा नेकपा जुम्ला जिल्लाका सम्पुर्ण नेता कार्यर्ता ,जबसका नेताहरू , सहिद परिवारजन लगायतको उपस्थिति रहेको थियो ।
नेकपा जुम्लाका .प्रभाजितले जुम्ला जिल्ला हिमा गाउँपालिका वडा न.४ अबस्थित खेत्तु गाउँलाई सहिद गाउँको नामाकरण गर्नुभएको छ ।
सहिद परिवार लगायत नेता कार्यकर्तालाई शुभकामना दिने क्रममा सेक्रेटरी प्रभाजितले सर्वहारा श्रमजीवी वर्गका सपना,सहिदका सपना,घाइते अपांग तथा बेपत्ता योद्धाहरुका सपनाहरू एकीकृत जनक्रान्तिको बाटोबाट पूरा गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।
शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एमालेका पुर्व जिल्ला कमिटी सदस्य तथा किसान संगठन जुम्लाका पुर्व उपाध्यक्ष दल बहादुर अधिकारीले एमाले पार्टी परित्याग गरेर नेपाल कम्युनिष्ट पार्टीको बिचार सिद्धान्तमा गोलबन्ध हुनुभएको छ ।
नेकपा जुम्लाले आयोजना गरेको कार्यक्रममा सहिद परिवारको तर्फबाट बिर्ख बहादुर शाही र बुद्धिजीवीको तर्फबाट मुनबहादुर शाहीले शुभकामना मनतब्य राख्दै अरु पार्टीले र नेता कार्यकर्ताले धेरै ठुला परिवर्तनका बिकासका कुरा नगरौ , उनीहरुले सहिदलाई र सहिदका सपनाहरुलाई आदर्शबाट पनि भुलि सकेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस