पीडित मनिषा चौधरीको बेदना ‘एनएमबि लघुबित्तले पैसा पनि खायो,जेलपनि पठायो’

बसन्त विक

बाँके । बर्दिया बाँसगढी नगरपालिका वडा नम्वर ६ सटरीया गाँउकी पीडित मनिषा चौधरीको पीडा निकै दर्दनाक छ । उनको एनएमबि लघुबित्त वित्तिय संस्थाले भएभरको पैसा पनि खाएको छ भने उनलाई जेल समेत पुर्याएको छ ।

पीडित मनिषाले भनिन् ‘लघुवित्तको नियमित किस्ता तिरेको भएपनि नतिरेको देखाएर पैसा पनि खायो, उल्टै पैसाको खोजी गर्दा जेलसम्म पुर्यायो, नावालक शिशु घरमा अर्कोको साहारामा छोडेर १४ दिन हिरासत बसे ।’

पीडित मनिषामाथि यस्तो कार्य एनएमबि लघुवित्त वित्तिय संस्थाको शाखा कार्यालय बनकटुवा बाँकेका तत्कालिन कर्मचारी शम्सेर नेपाली र रिता थारुले गरेका हुन ।
मनिषाले आफ्नो पैसाको खोजी तलासी गर्दा २०८० साउन ५ गते हिरासत पुग्नु पर्यो । उनको धनको नास र जीवनको बनवास भएको छ ।
पीडित मनिषाले लघुवित्तको ऋणकै कारण आफ्नो श्रीमान बसन्त चौधरीलाई साउदी पठाएकी छन । उनले ऋण तिरिसक्दा पनि अझै तिर्न बाँकी छ भन्दै लघुवित्तले टर्चर दिने गरेपछि ऋणतिर्न भनेर श्रीमानलाई विदेश पठाएकी थिईन ।

मनिषाले श्रीमानले दुखगरी पठाएको पैसा लघुवित्तलाई तिरेको भएपनि बिचबाटोमै हराउदा र कार्यालयको रेकर्ड सम्म नपुग्दा निकै दुख पाउनु परेको छ ।
लघुवित्तकै कर्र्मचारी रिता थारुले किस्ता तिरेको रकम बिचबाटोमै गायब पार्ने गरेकाले यस्तो समस्या आएको पीडित मनिसाको बुझाई छ । उनले कर्मचारी रिता थारु र शम्सेर नेपालीमाथि छानविनको कुरा उठेर विवाद आएपछि सरुवा गरेको दुखेसो पोखिन ।
एनएमबिलाई आफ्नो हिसाव किलिएर गरिदिनु पर्यो वारम्वार भन्दा बास्ता नगरिएको मनिसाले बताईन ।
पीडित मनिसाले २०७७ साल पुसमा व्यवसायका लागि ३ लाख ऋण निकालेकी थिईन । उनले आफूले निकालेको ऋणको नियमित १२ हजार ५ सय किस्ता तिरेपनि कार्यालयको रेकर्डमा तिरेजति रकम चढाएको देखिएको छैन ।

उनले तिरेको र भेटिएका भौचरहरुमा पनि हिसाव मिलेको छैन । कर्मचारी रिता थारुले हातले छोपेर समूहको बैठमा हस्ताक्षेर गराउने गर्न थालेपछि आफूलाई संका लागेर रकमको खोजी गर्दा ठगीको पत्ता पाएको मनिसाले सुनाईनन् ।

उनले आफूले ३ लाख ९० हजार ५ सय रकम तिर्दा पनि कार्यालयको रेकर्डमा किन नचढेको हो ? भनि प्रश्न गरिनन् । कार्यालयको रेकर्ड अनुसार मनिसाको २ लाख ४७ हजार तिरेको देखाएको छ भने १ लाख ३५ हजार ९ सय ४१ रुपैया तिर्नुपर्ने बाँकी देखाएको छ ।

हिसाव किताव राम्रोसंग गरिनु पर्यो भन्दा उल्टै तत्कालिन शाखा प्रमुख शम्सेर नेपालीले ‘अपराधिक उपद्रव’ मुद्धा लगाए पीडित मनिसाले भनिन् । पीडित मनिसालाई इलाका प्रहरी कार्यालय कोहलपुरले १४ दिन हिरासतमा समेत राख्यो भने त्यसपछि धरौटीमा छुटेकि थिईन ।
उनले भनिन् ‘ मुद्धा लड्दा आफ्नो ३ लाख ५० हजार खर्च भयो, मलाई अरु चाहिएन मेरो बढी गएको रकमको हिसाव र मुद्धा लड्दा खर्च भएको रकम फिर्ता चाहियो ।’

दुख दिने नियतले कार्यालयका कर्मचारीहरुले यसो गर्दा पनि मनिसा थाकेकी छैनन् । उनी जसरी पनि न्याय पाउने आसामा छन । जिल्ला अदालत बाँकेमा दर्ता गरिएको अपराधिक उपद्रव मुद्धा भने मनिसाले जितेकी छन । तर पनि उनले क्षतिपूर्ति पाएकी छ्रैनन् ।

पीडित मनिसाले यही जेठ ८ गते एनएमबि लघुवित्त वित्तिय संस्थाको शाखा कार्यालय बनकटुवालाई किस्ता तिर्दा तथा बचत गर्दा ऋण भन्दा बढी भुक्तानी रकम फिर्ता पाउ भन्दै निवेदन दिएकी छन । निवेदन माथि अहिले सम्म कुनै सुनुवाई भएको छैन ।

यस्तै मुद्धा लड्दा खर्च भएको साढे ३ लाख रकम पनि क्षतिपूर्ति बापत फिर्ता पाउँ भनि निवेदनमा उल्लेख गरेकी छन ।
एनएमबि लघुवित्त कार्यालयका कर्मचारीहरुले भने यो विषयमा केन्द्रीय कार्यालय पोखरामा कुरा पुर्याउने र समस्याको समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन् ।
मनिसाको निवेदन यसप्रकार छ

मनिसा चौधरीको नामा दर्ता मुद्धा र उनले पाएको सफाईको कपि

 

प्रतिक्रिया दिनुहोस