जेठ ३१, कालिकाेट । कालिकाेटको पँचालझरना गाउपालीका वडा नम्बर ५ निवासि देउमले कुमालले सञ्चारक्रर्मि र जनप्रतिनिधि बिच आँशु झार्दै भने न धन रह्यो न कुखुरा रहे । एक महिना अगाडि कुखुरा पालनबाट मनग्य आम्दानि गर्ने उद्धेश्यका साथ तिन लाख लगानि गरेर कुखुरा पालन सुरु गर्न थालेका कुमालले ब्यबसाय गरेको एक महिना नबित्दै ३ सय कुखुराका चल्ला तिन दिन भित्र सवै मरेपछि न कुखुरा रहे न सम्पति रह्यो भन्दै भक्कानिदै सहयोगी निकाय खोज्दै भोतारिएका छन् ।
कुमालले हाल पँचालझरना गाउपालीकाको केन्द्र रहेको जारकोटमा आफनै लगानिमा कुखुरापालन ब्यबसाय सुरु गर्न थालेका थिए ।
सुर्खेतबाट तिन सय कुखुराका चल्ला ल्याएर करिव तिन लाखको लगानिमा आफनो ब्यबसाय सुरु गरेका कुमालले भने मैले पहिलो पटक यो ब्यबसाय सुरु गरेको हो । पहिलो पटकनै तिन लाख घाटामा परियो । अब के गर्ने भन्दै कुमालकि श्रीमतिले गाउपालीका अध्यक्ष खडगराज सेजुवाल र उपाध्यक्ष तारा न्यौपाने र सञ्चारक्रर्मिहरुको अगाडि डाको छोडेर रुदै भने हामी एक दलित घरपरिवारका मान्छे हौ । रिन गरेर ब्यबसाय सुरु गरेउ त्यहि ब्याबसाय पनि यस्तै भयो । अब के गर्ने होला ?
कुखुराका तिन सय चल्ला तिन दिन भित्र के रोग लागेर मरे भन्ने जिज्ञासा पशु सेवा बिभागका प्रमुख कलबहादुर बमलाई सोध्दा कुखुराका चल्लाहरुमा रानिखेत रोग लागेर मरेको बताउनु भयो ।
कुमाल फलामको लुवालौडि भाँच्ने देहेडु देवताका धामि हुन् । गाउपालीमा यसरि कुखुरापालन ब्यबसाय सुरु गरेको कुमालको क्षति भएछि गाउपालीकाले के गर्छ, भन्ने सञ्चारकर्मिहरुको जिज्ञासामा गाउपालीका अध्यक्ष सेजुवालले कार्यपालीकाको बैठक बसेपछि सम्पुर्ण पदाधिकारिहरुको अगाडि प्रश्ताव राखि केहि न केहि निर्णय गर्ने बताउनु भयो ।
कुमालका ९ जना परिवारहरु रहेको छन् । कुखुराका चल्लाहरु हेर्न श्रीमान श्रीमति र एक नाती हेरालो लागेको समेत कुमालको भनाई रहेको छ ।
प्रतिक्रिया दिनुहोस