नियम विपरित खाडाँचक्र नगरपालिकाद्धारा साढे ६ लाख मिडियालाई भुक्तानी

३१ जेठ, कालिकोट । खाँडाचक्र नगरपालिकाले नियम विपरित केही आसेपासे मिडियाहरुलाई विज्ञापनको नाममा झण्डै साढे ६ लाख रकम भुक्तानी दिएको पाईएको छ ।

आर्थिक बर्ष २०८०।०८१ मा नगरपालिकाले नियममा लिनु पर्ने २५ प्रतिशत छुट सुविधा नलिएर कमिशनको भरमा ६ लाख ४१ हजार ४ सय रकम भुक्तानी दिएको हो ।

नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीकाे मिलेमत्तोमा २० प्रतिशत बढी कमिशन खाने र रक्सी खुवाउने आसेपासे मिडियाहरुलाई मोटो रकमको विज्ञापन दिएको नगरपालिका आन्तरिक श्रोतले बताएको छ ।

आर्थिक बर्ष २०८०।०८१ को सरकारी महालेखा परिक्षकको प्रतिवेदनले समेत नियम विपरित भुक्तानी दिएको औल्याएको छ ।

नियम विपरित भुक्तानी लिने मिडियाहरुमा तिव्रीकोट मिडिया प्रालि २ लाख ९८ हजार ९ सय ९८, यु एण्ड जे मिडिया प्रालि ८० हजार ६ सय ८२, साझा कर्णाली मल्टिमिडिया प्रालि १ लाख ७३ हजार ७० र एनटिभि मिडिया प्रालि ८८ हजार ६ सय ५० रहेका छन ।

महालेखाकाे प्रतिवेदनमा उल्लेख भएका मिडिया र रकम

जनप्रतिनिधि र कर्मचारीले ती मिडिया प्रालिबाट २० प्रतिशत बढी कमिशन खाने र रक्सी खुवाएकै भरमा विज्ञापन दिएको श्रोतको दाबी छ ।

नगरपालिकाले तिव्रीकोट मिडिया प्रालि र कर्णाली मल्टिमिडिया प्रालिलाई भने एकै बर्ष दुई दुई पटक विज्ञापन दिएको पाईएको छ । कोही मिडियाहरुलाई भने एकै पटक विज्ञापन दिएको छैन ।

नगरपालिकाले कोही मिडियालाई ५ हजारसम्मको विज्ञापन नदिनु र कोहीलाई लाखौं विज्ञापन दिनु कमिशनको खेल भन्दा अर्को धन्धा नभएको श्रोतको ठोकुवा छ ।

प्रतिक्रिया दिनुहोस