कालिकोटमा सुत्केरी हुन नसकेर गर्भवती महिलाको मृत्यु

जेठ ३१, कालिकाेट । कालिकोटमा सुत्केरी हुन नसकेर गर्भवती महिलाको मृत्यु भएको छ ।

जिल्लाको खाँडाचक्र नगरपालिका ५ की २८ वर्षीय पुन्नकली विक सुत्केरी हुन नसकेपछि शिशु र आमा दुबैको मृत्यु भएको हाे ।

पुन्कलीलाई सुत्केरी व्यथा लागेपछि आफन्तले सोमबार दिउँसो जिल्ला अस्पताल ल्याएका थिए । तर अस्पतालले चेकजाँच गरेर सबै सामान्य भएको भन्दै उनलाई घर पठाईयाे । पुन्नकलीलाई राति पुन सुत्केरी ब्यथा लागे पछि राति नै अस्पताल पुर्याएकाे थियो ।

राति चेकजाँच गर्दा पाठेघरमा रगत जमेको र बच्चा मरेकाे उल्टो अवस्थामा रहेकाले दुबैको ज्यान बचाउन नसकिएको स्वास्थ्य सेवा कार्यालय कालिकाेटका प्रमुख डा.रत्नविर सुनारले बताउनुभयो ।

पुन्नकलीलाई बचाउनको लागि प्रहरीले रगत दिएको तर बचाउन नसकिएको डीएसपी सिद्धराज न्यौपानेले बताउनुभयो । यस अघि पनि पुन्नकलीबाट जन्मिएका तीन बच्चा उल्टो अवस्थामा रहेको पाएकाे स्रोतको भनाइ छ । मृतक पुन्नकलीकाे ३ सन्तान छारी रहेका छन ।

प्रतिक्रिया दिनुहोस