मुगुको जिप दुर्घटनामा ४ जनाको मृत्यु, ५ घाइते

२९ साउन,मुगु । मुगुको सोरु गाउँपालिकामा भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । अरु ५ जना घाइते छन् ।

सोरुकोटदेखि गमगढीतर्फ जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप सोमबार अपराह्न सिपपहिरो नजिकै सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।

जिपमा सवार ९ जना यात्रुमध्ये २ जनाको घटनास्थलै मृत्यु भएको र २ जनाको सिप हेल्थपोष्टमा उपचारका क्रममा मृत्यु भएको तारापानी प्रहरी चौकी इन्चार्ज रमानन्द उपाध्यायले बताउनु भयो ।

दुर्घटनामा ५ जना घाइते छन् । मृतकको नाम भने खुल्न सकेको छैन । जिप दुर्घटनामा घाइते हुनेमा सोरु गाउँपालिका–५ नेर गाउँका लोकजन नेपाली, गोबिन्द शाही वडा नं–२ का दिनेश लावड रहनु भएको छ ।

अरु २ जना घाइतेको पहिचान नभएको तारापानी प्रहरी चौकीले जनाएको छ ।

तारापानी प्रहरी चौकी र स्थानीयले घाइतेको उद्धार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस