भाद्र २९, मुम्बई । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको प्रवासि नेपाली जनसमाज महाराष्ट्र राज्य समितिले एमसिसी सम्झौता खारेज गर्न माग गर्दै साेमवार मुम्बईकाे विभिन्न ठाउँमा विरोध प्रदर्शन गरेको छ ।
प्रवासि नेपाली जनसमाज महाराष्ट्र राज्य समितिले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) खारेजीको माग गर्दै मुम्बईकाे ठाना जिल्ला, राईगड जिल्लाकाे पनवेल शहर र ठाणे जिल्लाकाे ठाणा शहरकाे कासर्वडवलि, पुर्वमा विरोध प्रदर्शन गरेका हुन् ।
एमसिसी देशका लागि राष्ट्रघाती हुने र नेपाललाई विदेशी शक्तिको रणभूमि बनाउने भन्दै प्रदर्शन गरेका हुन् । एमसिसी सम्झौता किन राष्ट्रघाती भन्दै विभिन्न कारणहरू लेखिएका ब्यानरहरू लिएर प्रदर्शनकारीहरू प्रदर्शन गरेको प्रवासि नेपाली जनसमाज महाराष्ट्र राज्य समितिका संयोजक झरना बिश्वकर्माले जानकारी दिनुभएको छ ।
‘युएसए गो ब्याक’, ‘एमसिसी चाहिँदैन देश बेच्न पाइँदैन’, ‘रिजेक्ट एमसिसी’, ‘नो एमसिसी’ लेखिएका पम्पप्लेटहरू लिएर प्रदर्शनकारीहरू प्रदर्शन गरेको जानइएकाे छ ।
एमसीसी सम्झौतामार्फत अमेरिकी साम्राज्यवादले नेपाललाई उपनिबेश बनाउन खोजेको भन्दै मुम्बईमा प्रवासी नेपाली समाज समिति सदस्य हेमन्त कुन्डली, प्रगति, राजकुमार कार्की , बादल कार्की, शेरबहादुर बिक, पहलमान बिक लगायतले विरोध प्रदर्शन गरेको प्रवासि नेपाली जनसमाज महाराष्ट्र राज्य समितिका संयोजक झरना बिश्वकर्माले बताउनुभएको थियोे ।
प्रतिक्रिया दिनुहोस