२९ भाद्र,काठमाडौं । नेकपाको नवौं महाधिवेशनको पूर्वसन्ध्यामा सामना साँस्कृतिक परिवारले देशका विभिन्न ठाउँमा वैज्ञानिक समाजवादका पक्षमा साँस्कृतिक जागरण अभियान तिव्र पारको छ ।
सामना परिवारले आफ्नो कला र गलाको माध्यम बाट जनतालाई दलाल पूँजीवादी संसदीय व्यवस्थाको भण्डाफोर गर्दै नेपाललाई एकीकृत जनक्रान्तिको माध्यम वाट वैज्ञानिक समाजवादमा लैजानु पर्ने चेतना दिएको छ ।
करिव एक महिना वढी समय देखि संचालन गरिएको अभियानले देशका विभिन्न ठाउँमा करिव ६० हजार जनतालाई कला र संस्कृतिको माध्यमवाट पार्टीको धारणा पुर्याएको सामना परिवारले दावी गरेको छ ।
सामना परिवारले अभियानका क्रममा .भक्तपुरको सुर्य बिनाय चोक, मध्यपुर थिमी नगरपालिका वडा ४ संखधर चोक , मध्यपुरनगरपालिका वडा नम्बर ३ गठाघर, ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर –८ लुभु, ललितपुर महानगरपालिका वडा १२ लगनलेख, बुनपा १० वालुवा खानी काठमाडौ ,नयाँ बस पार्क (काठमाडौ),काठमाडौ महानगरपालिका वडा नम्बर १७ ठइटि चोक,.बनेपा नगर पालिका वडा नं ८ दोएपाटो (काभ्रे ) मा कार्याक्रम गरेको छ ।
यस्तै भिनपा वडा ६ चरिकोट दोलखा, देवकोटा चोक (रामेछाप),कमलामाई नगरपालिका वडा नम्बर ६(सिन्धुली), त्रि.न.पा – ११ पिपल चोक गाईघाट (उदयपुर ),इटहरी बजार (सुनसरी, भद्रपुर नगर पालिका चन्द्रगढी (झापा ),.सु.न .पा १० फिक्कल (ईलाम), इलाम बजार (ईलाम) ,लहान बजार (सिराहा ),जनकपुर धाम (धनुषा),वर्दिवास बजार (मोहत्तरि), लालबन्दी बजार (सर्लाही), चन्द्रपुर बजार (रौतहट), बिरगंजको घन्टाघर (पर्सा), हेटौंडा बुद्ध चोक (मकवानपुर), भरतपुर (चितवन) र पोखरा बजार पृथ्वी चोक (कास्की ) मा पनि सांस्कृतिक कार्याक्रम गरिएको सामाना परिवारले जनाएको छ ।
अभियानका क्रममा पार्टीको नवौं महाधिवेशन असोज १ गते बाट काठमाडौमा हुने भएकाले यसको प्रचार प्रसार गर्नुकासाथै महाधिवेशनले नेपाली क्रान्तिको वाँकी कार्यभार पुरा गर्न नयाँ सश्लेषण र विश्लेषण गर्ने पनि जनता सम्म प्रचार गरिएको छ ।
अखिल नेपाल सांस्कृतिक महासंघ अन्तगत केन्द्रिय सामना परिवारले २०७९/४/२९ गते देखि ललितपुर जिल्लाको लगनखेल बाट सुरु गरेको सांस्कृतिक अभियान २०७९/५/२८ गते पोखरा महानगरपालिका पृथ्वी चोक सम्म पुगेर कार्यक्रम गरेको छ ।
अभियानले जनतामा नेकपा प्रतिको वुझाईमा थप स्पष्टता ल्याएको र नेपालमा वैज्ञानिक समाजवाद नेकपा भन्दा अरु कुनै पनि पार्टीले ल्याउन नसक्ने वुझाई जनतामा पाईएको अभियान टिमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस