एमसीसी विरुद्ध संसद घेराउ कार्यक्रमबाट गिरफ्तार भएका ७५ जना रिहा


२८ मंसिर,काठमाडौं । एमसीसी विरुद्ध नेपाल कम्युनिस्ट पार्टी लगायत ८ राजनीतिक पार्टी तथा मोर्चाले घोषणा गरेको संसद घेराउ कार्यक्रमबाट गिरफ्तार भएका ७५ जना आज साँझ रिहा भएका छन् ।

संयुक्त आन्दोलनको क्रममा गिरफ्तार भएका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओम प्रकाश पुन, अखिल नेपाल किसान क्रान्तिकारी महासंघका अध्यक्ष हरि श्रेष्ठ, युवा संगठन नेपालका महासचिव विदुशी, क्रान्तिकारी माओवादी केन्द्रीय सदस्य परी थापा, नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य दिनेश शर्मा, अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य मदन केसी, अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेल लगायत आज गिरफ्तारी परेका ७५ जना रिहा भएका हुन ।

प्रतिक्रिया दिनुहोस