अनेमसंघ (क्रान्तिकारी) को ११ औं जिल्ला सम्मेलन सम्पन्न

माघ १, बाँके । विप्लव नेतृत्वको नेकपाको भातृ संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) वाँकेको ११ औं जिल्ला सम्मेलन सोमबार सम्पन्न भएको छ ।

पूर्ण महिला मुक्ति र वैज्ञानिक समाजवादका निम्ति एकिकृत आन्दोलन,महिला उत्पीडन र दलाल पुजिवादी व्यवस्थाका विरुद्ध ११ औं जिल्ला सम्मेलन भन्ने मुलनाराका साथ जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न भएको हो ।

सम्मेलनले कल्पना रोकायाको अध्यक्षतामा ९ सदस्सीय जिल्ला कार्य समिति निवार्चित गरेको अनेमसंघ (क्रान्तिकारीले) जनाएको छ ।
सम्मेलनमा प्रमुख अतिथिको रुपमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा भेरी कर्णाली संयोजक शान्तिले सम्वोधन गर्दै दलाल व्यवस्थावाट महिला मुक्ति कहिलै पनि नहुने वताउनु भएको छ ।

उहाँले एकीकृत क्रान्ति सम्पन्न नगरी वैज्ञानिक समाजवाद नआउने र वैज्ञानिक समाजवाद नआई महिला मुक्ति नहुने ठोकुवा गर्नु भयो ।
नेतृ शान्तिले अव सवै महिलाको पूर्ण आफ्नो मुक्तिका लागि संर्घषमा लाग्नुको विकल्प नभएकोमा जोड दिनु भयो ।

सम्मेलनमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी वाँकेका जिल्ला सेक्रेटरी अनिलले सम्वोधन गर्दै आफनो पार्टी महिला मुक्ति संगै वर्गिय मुक्तिका लागि संर्घषमा रहेको वताउनु भयो ।

उहाँले आफ्नो पार्टी माथि प्रतिवन्ध गर्नु राज्यको कमजोरी भएको पनि वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस