बाँके – कञ्चनपुरमा प्रहरीले बिहीबार बरामद गरेको झण्डै २४ किलोग्राम सुन थप अनुसन्धानका लागि कोहलपुरस्थित राजश्व अनुसन्धान कार्यालयमा ल्याइएको छ ।
दुईवटा पोकामा रहेको झण्डै २४ किलोग्राम सुन प्रहरीले बुझाएको राजश्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख विनोद दाहालले जानकारी दिनुभयो । प्रहरीले बुझाएको सुनमा एउटा पोकामा १०८ र अर्को पोकामा ३४ सिक्का रहेको राजश्व प्रमुख दाहालले जानकारी दिनुभयो ।
राजश्व अनुसन्धानले प्रहरीले बुझाएको सुन आवश्यक कारवाहीका लागि छिटा भन्दा छिटो राजश्व अनुसन्धान विभागमा पठाउने जनाएको छ ।
प्रहरीले बिहीबार पहिलो पटक भारतको सीमाक्षेत्र पुनर्वासबाट १८ किलो सुन बरामद गरेको थियो भने बिहीबार नै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ बाट ५ किलो ६०० ग्राम सुन नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया दिनुहोस