१ जेठ, कैलाली । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी विहिवार साझँ कैलाली पुग्नु भएको छ । उहाँलाई कैलालीमा नेकपाका नेता कार्यकर्ता तथा जनताले भव्य स्वागत गरेका छन ।
महासचिव विप्लव जिल्लाको घोडाघोडी नगरपालिका वडा न १ सुखडमा शुक्रवार हुने‘एकेडेमिया इन्डष्ट्रि डाइलग’( शैक्षिक उद्योग अनुशिक्षण) कार्यक्रमलाई प्रमुख वक्ताको रुपमा सम्वोधन गर्न कैलाली पुग्नु भएको हो ।
घोडाघोडी क्याम्पसले आयोजना गरेको एकेडेमिया इन्डष्ट्रि डाइलग कार्यक्रमलाई महासचिव विप्लव सहित सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह, पत्रकार एवं लेखक नारायण वाग्ले, सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्टार डा. यज्ञराज पाठकले विभिन्न विषयमा प्रस्तुति दिने कार्यसूचिरहेको क्याम्पसले जनाएको छ ।
शुक्रवार विहान ९ः३० बजे उद्घाटन हुने कार्यक्रमलाई प्रमुख बक्ताको रूपमा महासचिव विप्लवले सम्वोधन गर्नु हुनेछ । महासचिव विप्लवले दिउँसो हुने शेसनमा ’नेपालमा कृषि क्रान्ति संभावना र चुनौती शीर्षकमा ९० मिनेटको प्रस्तुति दिने कार्यतालिका रहेको पनि क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिनु भयो ।
क्याम्पस प्रमुख भट्टराईले शिक्षालाई श्रम र उद्योगसङ्ग कसरी जोड्ने ? र युवाहरूको बिदेश पलायनता घटाउन के गर्न सकिन्छ ? भन्नेबारे अभिप्रेरित गर्न कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
क्याम्पस प्रमुख भट्टराईले विप्लवले अहिले देशव्यापी कृषि उत्पादनद्वारा युवाहरुमा नयाँ आशाको सञ्चार गरिरहेको हुदा उहाँको परिकल्पना र अनुभव शिक्षक, विद्यार्थी लगायत नागरिकका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको बताउनु भयो ।