प्रचण्ड र विप्लव विच भेटवार्ता, पछिल्लो राजनीतिक विषयवारे छलफल

३१ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासविचव नेत्रविक्रम चन्द विप्लव विच वुधवार भेटवार्ता भएको छ ।

भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्था,अघिल्लो सरकार संग भएको तीनवुदे सहमति कार्यन्वय, संसदीय व्यवस्था र वैज्ञानिक समाजवादको वारे जनमत संग्रह लगायतका विषयमा छलफल भएको छ ।

केपी ओली सरकार संग गत २१ फागुन २०७७ मा तीनबुँदे सहमति गरेर नेकपा वार्तामा आएको थियो । लामो समय सम्म जनयुद्धमा संगै लडेका,हिडेका र सहकार्य गरेका दुई नेता विचको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिएको छ ।

विप्लव पार्टीेले क्रान्तिकारी लाई छोडेको भन्दै मोहन वैद्य किरणको नेतृत्वमा नयाँ पार्टी गठन गरि प्रचण्ड वाट वाहिनु भएको थियो ।
पुन वैद्य संग पनि क्रान्तिकारी गतिमा पार्र्टी अगाडि नवढेको भन्दै ८ मंसिर २०७१ मा नयाँ पार्टी नेकपा गठन गरेर अगाडि वढनु भएको थियो ।

नयाँ पार्टी गठन पछिको विप्लव र प्रचण्डको सम्भवतः पहिलो पटक भेटवार्ता हो ।
बुधबार खुमलटारमा भएको भेटमा प्रचण्ड र विप्लव दुबैले जनयुद्धकालिन विगतका दिन पनि सम्झिनु भएको थियो । वार्तामा नेकपका अर्का नेता धर्मेन्द्र वास्तोला पनि सहभागी हुनु भएको थियो ।

नेता बास्तोलाका अनुसार दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । ‘हामी बृहत कम्युनिस्ट ध्रुवीकरणको पक्षमा छौं’ उहाँले भन्नु भयो ‘उहाँहरुबीच समग्र विषयमा छलफल भएको छ ।’

भेटमा वार्तामा विप्लवले सरकारसँग भएको सहमति कार्यान्वयनको एजेण्डा पनि उठाउनु भएको छ । बन्दी नेता कार्यकर्ता रिहा गर्ने सहमति भए पनि कार्यान्वयन नभएको अव देउवा नेतृत्वको सरकारले कार्यन्वय गर्नु पर्ने प्रचण्ड संग वताउनु भएको छ ।
प्रचण्डले सहमति कार्यान्वयनका लागि पहल गर्ने आश्वासन दिएको एक नेताले वताउनु भएको छ ।

खुमलटार पुग्नु भएका विप्लवले विरामी रहनु भएकी प्रचण्ड पत्नी सीता दाहाललाई समेत भेटनु भएको छ । भेटमा उहाँको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस