राजनैतिक र संगठनात्मक अभियान संचालन गर्ने निर्णय गर्दै नेकपा वैठक सकियो

३१ असार, कालिकोट । विप्लव नेतृत्वको नेकपा कालिकोटले २ महिने राजनैतिक र संगठनात्मक अभियान संचालन गर्ने निर्णय गरेको छ ।

पार्टीले वैज्ञानिक समाजवाद वा संसदीय व्यवस्था कुन नेपालमा ठिक छ भन्ने विषयमा राजनैतिक अभियान चलाउने छ । त्यो संगै पार्टीले आफ्नो संगठन सुदृढ र विस्तार गर्न संगठनात्मक अभियान पनि चलाउने निणर्य गरेको छ ।

नेकपाको तीन दिन सम्म जिल्लाको मेहेलमुडीमा संचालीत जिल्ला कमिटिको प्रथम पुर्ण बैठकले वुधवार यस्यो निर्णय गरेको हो ।
वैठकमा नेकपामा केन्द्रीय सदस्य एटम विसी र कर्ण भण्डारी विराटको विशेष उपस्थिति रहेको थियो ।

वैठकमा नेकपाका द्धय केन्द्रीय सदस्यहरुले पार्टीको तत्कालीन राजनैतिक नारा पार्टीको आगामी कार्ययोजना लगायतका विषयमा छलफल गर्दै जिल्ला कमिटिका सदस्यहरुलाई पार्टी नीति अनुसार अगाडि वढन निर्देशन दिनु भएको छ ।

वैठकले केही नयाँ जिल्ला कमिटिमा थप गरेको र केही सदस्यको कार्यक्षेत्र हेरेफेर पनि गरेको नेकपाका जिल्ला कार्यालय सचिब निर्बिक शाहीले जानकारी दिनु भयो । जिल्ला सेक्रेटरी रणदिपको अध्यक्षता वैठक वसेको थियो ।

 

प्रतिक्रिया दिनुहोस