३० भाद्र, कालिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपाल कालिकोटले नेकपा र नेपाल सरकार बिच भएको ३ बुदै सम्झौता कार्यन्वयनको माग गर्दै नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
युवा संगठनले आफ्नो केन्द्रीय कार्यक्रम अन्तरगत वुधवार कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आर्चाय मार्फत नेपाल सरकारलाई तीन वुदे सम्झौता यथाशिघ्र कार्यन्वय गरिनु पर्ने माग गर्दै ज्ञापन पत्र वुझाएको हो ।
युवा संगठन नेपालले राजनीतिक आस्थाका आधारमा लगाएका झुट्टामुद्दाहरु तुरुन्त खारेज गर्नु पर्ने, राजनीतिक आस्थाका आधारमा बन्दी बनाइएका आस्थाका बन्दीहरूलाई निःशर्त रिहाई गर्नु पर्ने र जनमत संग्रहका लागि उचित वातावरण तयार गर्नु पर्ने जस्ता मागहरु ज्ञापनपत्रमा उल्लेख गरेको छ ।
युवा संगठन नेपाल कालिकोटका अध्यक्ष गोबिन्द बुढा, खाँडाचक्र नगर कमिटी सचिव हस्त बिक, युवा संगठन नेपाल कालिकोटका सदस्य कमल बिक लगायतका युवाहरुको टिमले जिल्ला प्रशासन कार्यालयमै पुगेर प्रमुख जिल्ला अधिकारी आर्चायलाई ज्ञापन पत्र वुझाएको हो ।
युवा संगठन नेपालले आफ्नो ज्ञापनपत्र मार्फत तीन वुदे सम्झौता कार्यान्वय गरिएन भने त्यसको प्रभाव राजनीतिक,आर्थिक,सामाजिक लगायतका क्षेत्रमा पर्ने निश्चित रहेको भन्दै राजनीतिक सहमतिलाई लत्याउने, दमनको चक्र चलाउने नीति राज्यले लिएमा त्यसले देशलाई द्धन्द्धमा धकेल्ने चेतावनी दिएको छ ।
यसैविच युवा संगठन नेपाल जाजरकोटले पनि जिल्ला प्रशासन कार्यलय जाजरकोट मार्फत नेपाल सरकारलाई तीन वुदे सहमति कार्यान्वनको माग गर्दै मा ज्ञापनपत्र बुझाएको छ ।
नेकपा र नेपाल सरकार बिच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न दबाब दिनका लागि संगठनको केन्द्रीय कार्यक्रम अनुसार ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापन पत्रको पूर्णपाठ
प्रतिक्रिया दिनुहोस