३० भाद्र, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपालले आफ्नो माउ पार्टी र नेपाल सरकार बिच भएको ३ बुदै सम्झौता इमान्दारिताका साथ कार्यन्वयन गर्न नेपाल सरकार संग माग गरेको छ ।
वुधवार देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत युवा संगठन नेपालले सरकारलाई ज्ञापन पत्र पेश गर्दै तीन वुदे सम्झौता इमान्दारितापूर्वक कार्यान्वय गर्न माग गरेको हो ।
युवा संगठनले पश्चिम नेपालका कालिकोट,सुर्खेत,जाजरकोट,सल्यान ,वाँके वर्दिया, कैलाली,कंचनपुर लगायतका जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई तीन वुदे सम्झौता यथाशिघ्र कार्यन्वय गरिनु पर्ने माग गर्दै ज्ञापन पत्र वुझाएको हो । पूर्व तिरका अधिकाँस जिल्लाहरुवाट पनि ज्ञापनपत्र वुझाइएको छ ।
युवा संगठन नेपालले राजनीतिक आस्थाका आधारमा लगाएका झुट्टामुद्दाहरु तुरुन्त खारेज गर्नु पर्ने, राजनीतिक आस्थाका आधारमा बन्दी बनाइएका आस्थाका बन्दीहरूलाई निःशर्त रिहाई गर्नु पर्ने र जनमत संग्रहका लागि उचित वातावरण तयार गर्नु पर्ने जस्ता मागहरु ज्ञापनपत्रमा उल्लेख गरेको छ ।
युवा संगठन नेपालले आफ्नो ज्ञापनपत्र मार्फत तीन वुदे सम्झौता कार्यान्वय गरिएन भने त्यसको प्रभाव राजनीतिक,आर्थिक,सामाजिक लगायतका क्षेत्रमा पर्ने निश्चित रहेको भन्दै राजनीतिक सहमतिलाई लत्याउने, दमनको चक्र चलाउने नीति राज्यले लिएमा त्यसले देशलाई द्धन्द्धमा धकेल्ने चेतावनी दिएको छ ।
नेकपा र नेपाल सरकार बिच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न दबाब दिनका लागि संगठनको केन्द्रीय कार्यक्रम अनुसार देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाएको युवा संगठन नेपालले जनाएको छ ।