२९ असोज,कपिलवस्तु । नेकपाको जारी नवौं महाधिवेशनको बन्दसत्रको चौथो दिन सुझाव राख्ने क्रम सुरु भएको छ । साढे ८ वजेवाट वन्दसत्र सुरु भएको हो ।
समूह नेताहरुले उत्तर साम्राज्यवाद भनेर आठौं महाधिवेशनले संश्लेषण गरेको शव्दको ठाउँमा भुमण्डलीकृत पूँजीवाद राखिएकोमा स्पष्ट पार्नुपर्ने वताएका छन ।
दलाल पूँजीवादको अन्त्य र वैज्ञानिक समाजवाद प्राप्तिको स्पष्ट खाका हुनुपर्नेमा जोड दिइरहेका छन । सुक्रवार भने ९ वटा समूहका नेताहरुले आ आफ्नो समूहको सुझाव राखेका थिए ।
समूह नेताहरुले सुझावका क्रममा राजनैतिक प्रतिवेदन,विधान र जातीय प्रस्ताव मुल स्प्रिडमा सहि भएको तर केही परिमार्जन गर्नु पर्ने सुझाव दिएका छन । प्रायः सवै समूहका नेताहरुले पार्टी बाट भागेका कञ्चन सुदर्शनलाई कडा दण्ड दिनुपर्ने माग गरेका छन ।
प्रतिक्रिया दिनुहोस