नेपाल कम्युनिष्ट पार्टी जुम्ला जिल्ला जनसरकार प्रमुख कर्णाली ६७ महिना लामो जेल जिबनबाट पहिलोपटक जुम्ला आउदै गर्दा नेकपा जुम्लाले स्वागत गरेको छ ।
यही कार्तिक २५ गते केन्द्रीय कारागार काठमाडौबाट रिहाइ लगत्तै गृह जिल्ला जुम्ला आउदै गर्दा एयरपोर्टमा नेकपा जुम्ला जिल्ला पार्टीले स्वागत गरेको हाे ।
जुम्ला जिल्लाका तत्कालीन जनसरकार प्रमुख नेता कर्णालीलाई राजनीति आग्रह पुर्वाग्रहका कारणले उमाकान्त हमालको हत्याको मुद्दामा झुटो आरोपित लगाएर फसाएको थियो ।
२०६६ सालमा नेपाली काङ्ग्रेसका नेता उमाकान्त हमालको हत्याको बिषयलाई जोडेर नेपाली काङ्ग्रेस पार्टी जुम्लाको कार्यलयमा मृतकका आफन्तलाई बोलाएर किटानी जाहेरीको निवेदन लेख्न लगाएर कर्णाली लगायत २७ जना माओवादी नेता कार्यकर्तालाई माओवादी जनयुद्धको रिसिभी फेर्ने गरेर नाम दिएको थियोे ।
२०६६ सालमा ७ जना बाहेक २० जनालाई जुम्ला जिल्ला अदालतले पक्राउ गरेपछि २०६९ सालमा जुम्ला जिल्ला अदालतले सबै जनालाई सफाइ पाएका थिए ।
जुम्ला जिल्ला अदालतको फैसलापछी मृतक उमाकान्त हमालका आफन्तले पुनाराबेदन लगाएपछि २०७२ साल चैत २४ गते कर्णाली लगायत २ जनालाई पुनाराबेदन अदालत जुम्लाले पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।
पुर्पक्षका लागि कारागार चलानपछी नेता कर्णालीलाई जुम्ला जिल्ला कारागारबाट केन्द्रीय कारागार काठमाडौमा चलान गरिएको थियो ।
६७ महिनाको लामो जेल जिबनपछि रिहाइ भएका कर्णालीलाई कार्तिक २६ गते नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय कार्यलयमा अखिल (क्रान्तिकारी)का विद्यार्थी लगायत पार्टीका नेता कार्यकर्ताले भब्य स्वागत तथा अभिनन्दन गरेका थिए ।
केन्द्र पार्टीले काठमाडौमा गरेको स्वागत र सम्मानपछि ६७ महिना लामो जेल जीवनपछि गृह जिल्ला प्रवेश गरेका नेपाल कम्युनिष्ट पार्टी जुम्लाका जल्दाबल्दा नेता कर्णालीलाई जुम्ला एयरपोर्टमा स्वागत गरेका हुन ।
आफुलाई जनयुद्धको माओवादी भएकै कारण स्थानीय राजनितीमा राम्रो दखल देखेर राजनीतिक आस्थाकै कारण झुटो आरोपितमा फसाएको नेता कर्णालीले बताउनु भएको छ ।