बाँकेमा अनुसन्धान प्रहरीको ह त्या

३ माघ वाँके । बाँकेको नेपालगंज उपमहानगरपालिका कारकादो मेरी गोल्ड स्कुल पछाडिको खेतमा अनुसन्धान प्रहरीका एक युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
नीज मृतकलाई हतियारले टाउकोमा ‘हानेर ज्यान लिएको हुनसक्ने प्रहरीको अनुमान गरेको छ । बाँके प्रहरी प्रवक्ता, डिएसपी सुवास खड्काले मृतक राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा सहायक सूचकको रुपमा कार्यरत प्रविन थापा मगर रहेको जानकारी दिनु भएको छ ।
घटनापछि प्रहरीले थापामगरकी गलफ्रेण्डलाई अनुसन्धानको दायरमा ल्याउने भएको छ । प्रहरी श्रोतका अनुसार थापामगरकी गलफ्रेन्डलाई अनुसन्धानका लागि झिकाइदै छ ।
यस्तै घटनास्थलमा नशा प्रयोग गरिएको हुनसक्ने पाइएको छ । त्यसमा प्रयोग हुने सामग्री भेटिएकाले यसको प्रयोग भएको शंका बढेको हो ।
शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्जमा लगिएको छ । राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सहायक सुचक प्रविण थापामगरको शव बाँकेको लग्दहवा नजिकै तोरीबारीमा शुक्रवार भेटिएको थियो । मृतकको शरीरमा ‘डा’महरु देखिएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम डिएसपी सुबास खड्काले घटनाको बारेमा अनुसन्धान भैरहेको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस