महराको मुद्दामा भोलि फैसला हुने

फागुन ४, काठमाडौं । काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरा माथि लागेको अभियोगमा सोमबार मात्र फैसला सुनाउने भएको छ ।

आइतबार सुनुवाई भएको उक्त बलात्कार उद्योग कसूर मुद्दामा समय अभावले फैसला हुन नसकेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिनु भययाे ।

उहाँका अनुसार समय अभावले मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । ‘सम्भवत: भोलि फैसला आउँछ’ उहाँले बताउनु भयाे ।

आइतबार महराको मुद्दा न्यायाधीश अमरराज पौडेलको इजलासमा सुनुवाइ भएको थियो ।

स‌ंसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरामाथि मुद्दा चलाइएको थियो । हाल उहाँ पुर्पक्षका लागि डिल्लीबजार कारागारमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस