नेपाल समूहको राष्ट्रिय भेलाप्रति ओली समूहको आपत्ति

३ चैत्र,काठमाडौँ । नेकपा (एमाले)को माधवकुमार नेपाल समूहले आयोजना गरेको राष्ट्रिय भेलाप्रति अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहले आपत्ति जनाएको छ ।
नेपाल समूहले बुधबार र बिहीबारका लागि बोलाएको राष्ट्रिय भेलाबारे ध्यानाकर्षण भएको जनाउँदै महासचिव ईश्वर पोखरेलले मंगलवार विज्ञप्ति जारी गरि आपत्ती जनाउनु भएको हो ।
विज्ञप्तिमा उहाले नेकपा (एमाले)ले कुनै पनि भेला आयोजना नगरेको भन्दै नेपाल समूहले जारी गरेको भेलाबारेको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।
विज्ञप्तीमा ’यस्तो अनाधिकृत गुटगत भेला नगर्न÷नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा (एमाले) सबै नेता÷कार्यकर्ताहरुलाई विशेष निर्देशन गर्दछ, भनिएको छ ।
उहाले विज्ञप्तीमा अन्यथा, मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावलीबमोजिम हुने पनि चेतावनी दिनु भएको छ ।
ओली समूहले फागुन २८ एकपक्षीय केन्द्रीय कमिटी बैठक बोलाएर महाधिवेशनबाट निर्वाचित भएका नेपाल समूहका नेताहरुको जिम्मेवारी खोस्नुका साथै पदसमेत खारेज गरिदिएको थियो । त्यसपछि रुष्ट बनेको नेपाल समूहले छुट्टै राष्ट्रिय भेला बोलाएको हो ।
यसअघि सोमबार ओली र नेपाल समूहबीच छलफल भए पनि पार्टीभित्रको विवाद समाधानबारे कुनै निष्कर्ष निस्केको थिएन ।

 

प्रतिक्रिया दिनुहोस