१ साउन, काठमाडौं । दुई वर्ष लामो जेल जीवन बिताएर रिहा हुनु भएका नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्त प्रकाश ओली सुदर्शनले जेलबाट दिव्यास्त्र ल्याएर आएको वताउनु भएको छ । उहाँले त्यो दिव्यास्त्र पार्टी महासचिव विप्लव र अन्य नेतालाई वुझाउने वताउनु भयो ।
सुक्रवार नेकपा काठमाडौंले नारायण गोपालचोकंमा आयोजना गरको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै नेता सुदर्शनले अहिलेको जेल भनेको खराब देशमा असल मान्छेहरू बस्ने ठाउँ भएको बताउनु भयो ।
सर्वोच्चको आदेशपछि खुला हुनु भएका नेता सुदर्शन २ दिन अघि रिहा भएपनि विरामी भएर गंगालाल अस्पतालमा मुटुको अप्रेशन गर्नु परेकाले स्वागत कार्यक्रम ढिलाई भएको थियो ।
नेता सुदर्शनले जेल बसेर आउँदा आफुले ठूलो कष्ट सहेर दिव्यास्त्र प्राप्त गरेको प्रतिक्रिया दिनु भयो ।
राम्रो काम गर्नेहरु सबैलाई जेलमा राखेर यातना दिने गरिएको भन्दै उहाले आफु झन् बलियो बनेर फर्केको दाबी गर्नु भयो ।
महाभारतमा पाँच पाण्डवहरू पनि जंगलमा बसेर ठूलो त्याग गरेका कारण उनीहरूले युद्ध जितेको भन्दै नेता सुदर्शनले आफुहरुले पनि एकीकृत जनक्रान्तिमा जित हासिल गर्ने ठोकुवा गर्नु भयो ।
उहाँले राज्यसत्ताका ६ वटा निकाय सेना,प्रहरी,अदालत,व्युरोक्रेसी (कर्मचारी),सरकार र संविधान आमुल परिवर्तन गरिनु पर्ने भन्दै सरकारका पात्र मात्र वदलिएर कुनै जनताको परिवर्तन नहुने जिकिर गर्नुृ भयो ।
अहिले देशका सबै दलहरु दलाल भइसकेको भन्दै आफ्नो पार्टी मात्र वास्तविक पार्टी भएको सुदर्शनको दाबी थियो ।
उहाँले आफ्नो रिहा वकिल ,पत्रकार नेता कार्यकर्ता ,पार्टी जनता सवैको जित भएको वताउदै सवैलाई आभार सहित धन्यवाद दिनु भयो ।