३१ भदौ, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य सुशिल सीले कांग्रेस एमालेले भने जस्तो संविधान संशोधन गरेर समाजवाद नआउने टिप्पणी गर्नु भएको छ । समाजवादी सम्पर्क मञ्च कर्णाली प्रदेशले सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको ‘समाजवाद र संविधान संशोधन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्र्दै स्थायी समिति सदस्य सुशिल सीले यस्तो टिप्पणी गर्नु भएको हो ।
उहाँले समाजवादको परिकल्पना सर्वहारावर्गको राज्यसत्ता प्राप्त गर्नु भएको बताउदै समाजवादी क्रान्ति गरेर मात्र सर्वहारावर्गको राज्यसत्ता कव्जा भई समाजवादमा पुगिने ठोकुवा गर्नु भयो । स्थायी समिति सदस्य सुशिलले भन्नु भयो ‘समाजवाद र संविधान संशोधन अलग विषय हो, संविधान संशोधन गरेर समाजवाद आउदैन, समाजादका लागि समाजवादी क्रान्ति चाहिन्छ र समाजवादी सत्ता चाहिन्छ ।’
नेता सुशिलले कांग्रेस एमालेले उठाएको संविधान संशोधनको मुद्धा संसदले संशोधन गरेर मात्र नपुग्ने बताउदै संविधान संशोधन गनै परे संसद वाहिर जनताले वहस गरेर गर्नुपर्ने तर्क गर्नु भयो ।
‘नेपालमा समाजबादी राज्यसत्ताको विकल्प छैन, समाजवादी शक्तिहरु एकताको विकल्प पनि छैन’ उहाँले भन्नु भयो, ‘यसका लागि हामी एकताबद्ध बनौ, हामीले ०८४ अघि माओवादी एकताको कुरा पनि गरेका छौ, यो एकता केपी ”प्रचण्ड र धर्मेन्द्र ”वैद्य बिचको एकता जस्तो होईन, अबको एकता समाजवादी क्रान्ति पुरा गर्ने एकता हुनुपर्छ ।’
नेता सुशिले समाजवाद सवै भन्दा बढी दलित,महिला, जनजाति, उत्पीडित क्षेत्र वर्गलाई चाहिएको चर्चा गर्दै दलाल पुँजीपतिवर्गलाई समाजवाद नचाहिएको स्पष्ट पार्नु भयो ।
उहाँले समाजवादका लागि सबै कम्युनिष्ट,माओवादी,वामपन्थी लगायतका अग्रगामी शक्तिहरु एकठाउँमा आउनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा नेकपाका पोलिट व्यूरो सदस्य एटम, नेकपा (माओवादी केन्द्र)की नेतृ उर्मिला विक र नेकपा एकीकृत समाजवादीका नेता वसन्त विश्वकर्माले पनि आ–आफ्नो विचार राखेका थिए । कर्णाली समाजवादी सम्पर्क मञ्चका संयोजक रणदिप सीको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रमको संचालन जित सीले गर्नु भएको थियो ।