भ्रष्टाचारीलाई कार्वाही हुन्छः सेक्रेटर रणदिप

भदौ ३०, कालिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कालिकोटका जिल्ला सेक्रेटर रणदिपले भ्रष्टाचारीको पहिचान भैसकेकाले जनताको साथ पाए जनकारबाही गर्नेे दाबी गर्नु भयो ।

सोमबार जिल्लाको पचालझना गाउँपालिकाको एरिया नम्बर ४ मा सम्पन जनसभालाई सम्वोधन गर्दै सेक्रेटर रणदिपले भ्रष्ट जनप्रतिनिधी र उपभोक्ता हरुलाई कार्वाही गर्ने चेतावनी समेत दिनु भएको छ ।

कार्यक्रममा कालिकोट जिल्ला इन्चार्ज बिराटले बर्तमान सरकार असफल भएकाले जनताको तागत आफ्नो पार्टीको योजना र नेतृत्व बाट बिस्थापित गरि बैज्ञानिक समाजवाद ल्याएरै छाड्ने दावी गर्नु भयो ।

गाबिस सेक्रेटरी बुद्दी ऐडीको अध्यक्षता, जिल्ला ईन्चार्ज बिराटको प्रमुख आतिथ्यता, जिल्ला सेक्रेटरी रणदिपको विशेष आतिथ्यता, एरिया नम्बर ६ का सेक्रेटरि रमेश, एरिया न ४ का सेक्रेटरी दिलमान, एरिया न ७ का सेक्रेटरी धनराज शाही, जिल्ला पार्टी कार्यलय सचिब निर्देशन सुनार र दलित मुक्ति मोर्चा जिल्ला अध्यक्ष सरोज विश्वकर्मा लगायतका नेता तथा कार्याकर्ताकाे उपस्थितीमा जनसभा सम्पन भएको वताईएको छ ।

उक्त जनसभामा कन्चनपुर जेलबाट मुक्त भै आउनु भएका पुर्ण खड्काको स्वागत समेत गरिएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस