भाद्र ३१ हुम्ला । हुम्लाको मुख्य रैथाने अन्नबालीको रुपमा चिनिएको चिनु प्रति वर्ष १८ करोडभन्दा धेरै उत्पादन हुने गरेको छ । यस वर्ष पनि गत वर्ष जस्तै उत्पादन हुने अनुमान गरिएको छ ।
जिल्लामा७८ हेक्टर क्षेत्रफलमा रैथाने बाली चिनुको खेती गरिन्छ । यसबाट प्रति बर्ष हुम्लीहरूले एक सय ८१ मेट्रिक टन चिनु उत्पादन गर्दै आएको कृषि विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख चन्द्रभुषण झाले दिनु भएको छ ।
यसको स्थानीय बजार मूल्य प्रति क्विन्टल दस हजार रहेको छ । यसलाई पोषणयुक्त खानाको परिकारका साथै विभिन्न प्रकारका खानपान र खाजाका परिकारहरु बनाउनमा पनि अति सरल र उपयुक्त हुने सिमकोट गाउपालिका ५ कि लक्ष्मी रोकायाले वताउनु भयो ।
जिल्लामा रातो, कपडे, दुधे, कालो, भाङग्रे, तीन माँसे जस्ता विभिन्न प्रकारका रैथाने चिनुबाली हुन्छ । यो अन्न मात्र नभएर ग्रेनथेरापीको एक उत्कृष्ट र अब्वल बाली पनि हो । यो विभिन्न रोगको अवरोधक र निदान गर्ने प्रतिरोधक पनि हो ।
जिल्लाका सिमकोट, लुञा, थाली, खगालगाउँ, बराँई, रिमी, चसामुल जस्ता गाउँहरू रैथाने बाली चिनु उत्पादन हुने कहलिएका गाउँहरू हुन् ।
प्रतिक्रिया दिनुहोस