३१ भाद्र,कालिकोट । जिल्लाको शान्नित्रिवेणी गाउँपालिकाको मुम्रा गाउँमा विस २०४६ सालमा जन्मिनु भएका सहिद देउराम विक (दिपेन्द्र) दिपेन्द्र स्मृति कपवाट तारा भएर उदाउनु भएको छ ।
उहाँ आफ्नो जन्मभूमीमा संधैभर चम्कीरहने तारा भएर नयाँ जन्म लिएर उदाउनु भएको हो ।
दलाल संसदीय व्यवस्था परिवर्तनको आन्दोलनमा लाग्दै गर्दा विस २०७६ साल जेठ १२ गते काठमाडौको सुकेधारामा उहाँ सहित ४ जना वम विष्फोटमा परि सहिद हुनु भएको थियो । उहाँ एकीकृत जनक्रान्तिको सहित हुनु भयो ।
उहाँको पार्टीले राखेको नाम दिपेन्द्र थियो । उहाँकै स्मृतिमा नेकपा शान्तित्रिवेणी गाउँपालिका, वाँके जिल्ला सदस्य राम वहादुर तिरुवा र नेपाली मुलका अमेरिकावासी खेमराज शाहीको विशेष पहलमा विस २०७८ सालको भाद्र ७ गते देखि १० गते सम्म दिपेन्द्र स्मृति कप अन्तरगत पालिका स्तरीय भव्य भलिवल प्रतियोगीताको आयोजना गरियो ।
हजारौं दर्शकहरुको सहभागीतामा भव्य रुपमा सू–सम्पन्न भएको भलिवल प्रतियोगीताले सहिद देउराम वि.क (दिपेन्द्र) लाई थप चम्किरहने तारा वनाएको छ ।
भलिवल प्रतियोगीतामा अमेरिकामा वस्ने नेपालीमुलका क्रान्तिकारी युवा खेमराज शाही लगायतका ११ जनाको आर्थिक सहयोगमा सम्पन्न भयो । यो आफैमा ठुलो महत्वको विषय हो ।
जनक्रान्तिमा वगाएको रगतलाई गाउँ –गाउ,ँ घर –घर जनताको मनमस्तिष्क सम्म स्थापित गराउन र सहिदको सपन पुरा गराउन भलिवल प्रतियागीताको आयोजना गरिएको रामवहादुर तिरुवाले वताउनु भयो । प्रतियोगीतामा जिल्लाभरका ६वटा पालीकाका खेलप्रेमीहरुको हर्ष उल्साहपूर्ण सहभागीता रहयो ।
शुभकालिक,पलाँता, ,नरहरिनाथ,पचलझरना,शान्नित्रिवेणी गाउँपालिका र अर्को रास्कोट नगरपालिकाको टिम गरि ६ वटा टिमहरुको प्रतियोगीतामा सहभागीता रहयो ।
लिक आउटको नियम अनुसार खेलाईएको खेलमैदानमा खेलाडीहरुको उपस्थितिले सहिद दिपेन्द्र नयाँ जिवनका साथ उदाएरको आभास हुने गर्दथ्यो ।
उहाँ भौतिक रुपमा खेलमैदानमा नभएपनि क्रान्तिकारी खेलमैदानको वैचारिक यात्रामा जिवित भएर हरेक खेलप्रेमी तथा दर्शकहरुको साथमा उभिनु भएको थियो ।
यो प्रतियोगीताले दिपेन्द्रलाई एउटा अजमरी योद्धाको रुपमा परिचित गराएको छ । प्रतियोगीतामा उहाँको आमा धना लुवार समेत अतिथिको रुपमा सहभागी हुदै आफ्नो छोरा जिवित रहेको वताउनु हुन्थ्यो ।
प्रतियोगीताको भाद्र ७ गते नेकपाका जिल्ला सेक्रेटरी रणदिपले उद्घाटन गर्दै सहिदको सपना साकार हुने गरि प्रतियोगीता सफल पार्न खेलप्रेमीलाई आग्रह गर्नु भयो ।
उद्घाटन समारोहमा नेकपाका वाँक जिल्ला सदस्य राम व.तिरुवा,सल्लाहाकार संयोजक समग्र,सल्लाहाकार सदस्य निमार्ण र आईटमले भौतिक रुपमा दिपेन्द्र नभएपनि वैचारिक रुपमा सवैको साथमा भएको र जिवित भएको वताएका थिए ।
नेकपाका जिल्ला सदस्य रक्तिमले संचालन गरेको उद्घाटन कार्यक्रमममा सहिद परिवार समाजका जिल्ला अध्यक्ष मन व.केसीको गरिमामय अध्यक्षता थियो ।
यसले पनि सहिदहरु हाँसी रहेको नाँचीरहेको र सवैको साथमा रमाईरहेको महसुस हुने गर्दथ्यो । प्रतियोगीताको उद्घाटन संगै खेलाडीहरुको भलिवल प्रतियोगीता पनि सुरु भयो ।
४ दिन सम्म चलेको प्रतियोगीतामा शुभकालिका गाउँपालिकाको खेलाडि टिमले प्रथम स्थानको वाजी मार्यो । उसले ६१,५०० नगर पुरस्कार राशी,मेडल,ट्रफि र सम्मानपत्र प्राप्त गर्यो ।
यस्तै पलाँता गाउँपालिकाको खेलाडी टिमले द्धितिृय स्थान ल्याएर ३१,५०० नगर पुरस्कार राशी र रास्कोट नगरपालिको टिमले तृतिय स्थान ल्याएर २१,५०० नगर पुरस्कार राशी सहित मेडल,ट्रफि र सम्मानपत्र प्राप्त गरे ।
खेलमा जित र हार हुनु स्वभाविक हो । तर पनि त्यो प्रतियोगीतामा सवैले जितेको अनुभूति गर्दै सहितको सपना पुरा गर्ने सहभागीहरुले संकल्प गरे ।
प्रतियोगीताको अन्तीम समापन तथा खेलाडीहरुको वधाई तथा विधाई कार्यक्रममा नेकपाका वाँके जिल्ला सदस्य तथा मुम्राका स्थानीयवासी समेत रहनु भएका राम वहादुर तिरुवाले सवैको साथ र सहयोगले यस्ता खेलहरुको फेरी पनि निरन्तरता दिन सकिने भन्दै सहित दिपेन्द्रको सपना पुरा गर्नेतिर सवैले लाग्नु पर्ने वताउनु भयो ।
जिल्ला सदस्य तिरुवाले प्रतियोगीतामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विभिन्न ठाउँवाट सहयोग गर्ने सहयोगदाता सवैलाई विशेष धन्यवाद ज्ञापन गर्नु भयो ।
सहिद देउराम वि.क.(दिपेन्द)