राजाहरुले पनि नगरेको काम राष्ट्रपतिले गरिन, ५ मिनेट लाग्ने वाटोमा हेलिकप्टरको प्रयोग

असोज २९ काठमाडौं । विगतका शाहवंशीय राजाहरुले समेत नगरेको काम गणतन्त्र नेपालकी राष्ट्रपति विद्यादेवि भण्डारीले गर्नु भएको छ ।

जुन काम हो । झण्डै २ किलोमिटरमा रहेको शितल निवास वाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सम्म जाँदा पनि सरकारी हेलिकप्टरको प्रयोग गर्नु । राज्यकोषको रकम र साधन श्रोतको मनलाग्दो प्रयोग गर्नु । म्यानमार भ्रमणमा जाने क्रममा आज बुधबार बिहान राष्ट्रपति भण्डारी शीतल निवासदेखि पहिलोपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सम्म हेलिकप्टरमा पुग्नु भयो ।

उहाँको करोडौं सरकारी रकम लगानी गरी किनिएका भिआइपि कार जिप भएपनि त्यसमा अझै असुविधा हुने भएकाले राष्ट्रपति भण्डारीलाई हेलिकप्टर चाहिएको हो । यस्तो सुविधा नत विगतमा कुनैपनि राजाहरुले समेत लिएका थिए ।

उनीहरु विमानस्थल पुग्दा प्रायः कार नै प्रयोग गर्दथ्ये । त्यो भन्दापनि माथि सरेर गणतन्त्र नेपालको राष्ट्रपति अझै कम्युनिष्ट पार्टीवाट निर्वाचित हुनु भएको राष्ट्रपति ज्युले यस्तो काम गर्दा नेपाल र नेपाली जनतामा ठुलो व्रजपात भएको छ । देशमा कस्तो सत्ता ,कस्ता नेता र कस्ता राष्ट्र हाँक्ने नेता भएछन भन्ने ज्वलन्त उदाहरण पनि हो । कारमा जाँदा पनि वढीमा ५ मिनेट लाग्ने वाटोमा राष्ट्रपतिले हेलिकप्टर चढने विषय सामान्य नभएको राजनीतिक विश्लेषकहरुले वताएका छन ।

उता ट्राफिक व्यवस्थानका कारण स्थलमार्गको सट्टा हवाइमार्ग प्रयोग भएको सरकारी सुरक्षा अधिकारीहरुले वताएका छन । चिनीया राष्ट्रपति सि जिनपिङग समेत विमानस्थल वाट सोल्टी होटल कारमा पुग्न सक्नुहुन्छ भने नेपालका राष्ट्रपति भण्डारी भने शितलनिवास वाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्न सक्नु भएन । उहाँलाई हेलिकप्टर नै चाहियो । यो आश्चार्यजनक विषय मात्र होइन यो त राष्ट्रको ढुकुटीको दुरुपयोग हो विश्लेषकहरु वताउछन ।

प्रतिक्रिया दिनुहोस