एकीकृत जनक्रान्तिको हतियारमा शाण लागेको छ ः विप्लव

३० असोज,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले एकीकृत जनक्रान्तिको हतियार क्रान्ति पुरा गर्ने हतियार भएको वताउनु भएको छ ।

आईतवार नवौं महाधिवेशनको बदसत्रमा समूहका नेताहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिदै महासचिव विप्लवले महाधिवेशनले एकीकृत जनक्रान्तिको क्रान्तिकारी हतियारमा शाण लगाउने काम गरेको वताउनु भयो ।

उहाँले अहिलेको भुमण्डलीकृत पूँजीवाद र दलाल संसदीय व्यवस्थाका विरुद्ध लडेर जनताको वैज्ञानिक समाजवाद ल्याउन एकीकृत जनक्रान्तिको हतियारले महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त वताउनु भयो ।

महासचिव विप्लवले नेपालमा दलाल सत्ताबाट नेपाली जनताले विकल्प खोजेको भन्दै त्यो विकल्प नेपाल कम्युनिष्ट पार्टीले मात्र दिन सक्ने ठोकुवा गर्नु भयो । उहाँले क्रान्तिको विकल्प दिन पार्टीले पुरानो विचार बाट माथि उठन आवश्यक भएको पनि वताउनु भयो ।

नेकपा संघीयता विरोधी भएको विरोधीहरुले प्रचार गरिरहेका वेला महासचिव विप्लवले दलाल पूँजीवादी संघीयता नभई पार्टीले समाजवादी संघीयता चाहेको वताउनु भयो ।

महासचिव विप्लवले दर्शन,अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा विचार विकास गरेर मात्र नेपालमा क्रान्ति विजयी वनाउन र रक्षा गर्न सकिने धारणा राख्नु भयो ।

उहाँले भन्नु भयो ‘क्रान्ति अन्वेशण हो, विचार अन्वेशण हो, हामीले विचारमा विकास गर्दै समाजवादी विज्ञानको प्रयोग गरिहेका छौ,यो सफल हुनेछ ।’

राजनैतिक प्रतिवेदन,विधान र जनजाति सम्वन्धि प्रस्तावमा उठेका कयौ सुझावहरुले अवको क्रान्तिको राजमार्ग निमार्णमा महत्पूर्ण सहयोग गरेको महासचिव विप्लवको टिप्पणी छ ।

उहाँले सहि सुझावहरुलाई राजनैतिक प्रस्तावमा समेटिने विचार व्यक्त गर्नु हुदै पार्टी दलाल संसदीय व्यवस्थाको चुनावमा नजाने र खारेज गर्ने दोहोर्याउनु भयो ।
पार्टीबाट आर्थिक अपचलन गरेर भागेका भगौडाहरु साम्राज्यवाद भन्दा माथि उठेर पार्टी र क्रान्ति विरुद्ध हमला गरिरहेको भन्दै महासचिव विप्लवले सवैले वैचारिक रुपमा हमला गर्न आग्रह गर्नु भयो ।

उहाँले को सहि ? को गलत ? भोली इतिहासले पुष्टि गर्दै जाने भन्दै कञ्चन सुदर्शन पार्टी र क्रान्ति विरुद्ध लागेर साम्राज्यवादको षड्यन्त्रमा फसेको वताउनु भयो ।

उहाँले पार्टीको सम्पति अपचलन गर्नेहरु कहिलै सुख नपाउने पनि वताउनु भयो । महासचिव विप्लवले क्रान्ति पुरा गर्न आफ्नो जिम्मेवारीमा खरो भएर मैदानमा उत्रिन नेता कार्यकर्तालाई निर्देशन दिनु भयो

प्रतिक्रिया दिनुहोस